#
गृह पृष्ठ विशेष पात्लेखेतको एउटै बगानबाट ६ लाख बढीको सुन्तला बिक्री

पात्लेखेतको एउटै बगानबाट ६ लाख बढीको सुन्तला बिक्री

जिल्लाको काठेखोला गाउँपालिका वडा नं. ४ तंग्राम पात्लेखेत गाउँका कृष्णबहादुर र खिमबहादुर पुन दाजुभाईले सुन्तला बिक्री गरेर यसवर्ष ६ लाख रुपियाँभन्दा बढी रकम गाउँ भित्राउन सफल हुनुभएको छ ।

गतवर्ष साढे पाँच लाख रुपियाँको सुन्तला बिक्री गर्नुभएका पुन दाजुभाईले यसवर्ष सुन्तला उत्पादन राम्रो हुँदा आम्दानी बढेको बताउनुभयो । गतवर्ष कृष्णबहादुरले ४ लाख र खिमबहादुरले डेढ लाख रुपियाँको सुन्तला बिक्री गर्नुभएको थियो । ‘‘पहिलो गाउँबाटै सुन्तला बिक्री हुन्थ्यो, अहिले व्यापारी बगानमै आएर सुन्तला खरिद गर्न थालेपछि बजारको खोजीमा भौतारिनुपर्ने अवस्था छैन’’ कृष्णबहादुर भन्नुभयो ।

परम्परागत धानबाली मासेर सुन्तला खेती गर्दा मनग्य आम्दानी हुन थालेको कृष्णबहादुर बताउनुभयो । सुन्तलाको लागि आवश्यक सिंचाईका लागि पात्लेखेतमा प्रशस्त पानीको श्रोत रहेको उहाँको भनाई छ । ‘‘सिंचाईको अभाव छैन, सुन्तलामा देखिने रोग किराको संक्रमण रोक्न सरकारले साथ दिए सुन्तला खेतीमा कृषकको आकर्षण बढ्नुका साथै आर्थिक समृद्विको लक्ष्य पूरा गर्न सकिन्छ ।’’

सुन्तलाको प्याकेजिङ, बजारीकरण र औषधि उपचारमा सरकारले सघाउनुपर्ने उहाँहरुको माग छ । पात्लेखेतमा उत्पादित सुन्तला स्वादिलो र रसिलो हुने भएकाले काठमाण्डौं र पोखरा लगायतका शहरमा प्रतिकिलो एक सय रुपियाँभन्दा धेरै मुल्यमा बिक्री हुने गरेको खिमबहादुरले बताउनुभयो । पुन दाजुभाईले उत्पादन गरेको सुन्तला छिमेकी वडा बिहुँस्थित साना किसान सहकारीले खरिद गरेको छ ।

सहकारीमार्फत बजार पुर्याउन बिवाइसी बागलुङ र काठेखोला गाउँपालिकाले सहयोग गरेका छन् । थोरै लगानी, कम मेहनतमा वर्षेनि मनग्य आम्दानी गर्न पात्लेखेतमा सुन्तला बगैंचा विस्तार गर्नुपर्ने किसानलाई उहाँहरुको सुझाव छ । काठेखोला गाउँपालिका वडा नं. ६ बिहुँ सुन्तलाको पकेट क्षेत्र हो । बिहुँका किसानले सुन्तलाबाट गरेको प्रगति देखेपछि पुन दाजुभाई पात्लेखेतमा सुन्तला खेती गर्नुभएको हो ।

१३ वर्षअघि सुन्तला खेती शुरु गर्नुभएका पुन दाजुभाईले गतवर्षदेखि आम्दानी लिन थाल्नुभएको हो । ‘‘पात्लेखेतको धान फल्ने खेत मासेर सुन्तला खेती शुरु गर्दा गाउँमा विकृति भित्रायो भन्ने आरोप लगाए । अहिले सुन्तला खेतीबाट हुने आम्दानी देखेर गाउँले छक्क पर्छन्’’ पुनले विगत सम्झदै भन्नुभयो ।

२०७३ सालमा बिहुँमा तत्कालिन कृषि विकास कार्यालयले दिएको तालिम लिएपछि सुन्तला खेतीप्रति आकर्षण जागेको कृष्णबहादुरले बताउनुभयो । पुनले १५ मुरी धान फल्ने झण्डै ९ रोपनी खेतमा कृषिले दिएका केही बिरुवाबाट सुन्तला खेतीको थालनी गर्नुभएको थियो । ‘‘दुई वर्ष बिरुवाले उत्पादन नदिँदा घर चलाउन कठिन भएपनि तेस्रो वर्षबाट सुन्तला फल्न थालेपछि निकै सजिलो भएको छ’’ पुनले भन्नुभयो ।

 

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...