बागलुङ क्षेत्र नम्बर एकमा एघार दलका ११ जनाले उम्मेदवारी दिएका छन् ।
क्षेत्र नं १ मा नेपाल मानवताबादी पार्टीका भक्तबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका कल्याण विक्रम आचार्य, मंगोल नेशनल अर्गनाईजेशनका गुमा कुमारी बुढा राना मगर, राष्ट्रिय स्वतन्त्र पार्टीका सुशिल खड्का, नेपाल कम्युनिष्ट पार्टी एमालेका हिरा बहादुर केसी, प्रगतिशल लोकतान्त्रीक पार्टीका चित्रप्रसाद सापकोटा, राष्ट्रिय जनमोर्चाबाट कृष्ण अधिकारी, नेपाली कांग्रेसका भिमबहादुर श्रीस रानाले मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकृत पुर्ण प्रसाद शर्माले जानकारी दिए ।
त्यसैगरी नेशनल रिपब्लिक नेपालका सहविर थापा, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ति र नेपाल कम्युनिष्ट पार्टी माओवादीका टेकबहादुर केसीले उम्मेदवारी दर्ता गराएका छन् ।











































