#
गृह पृष्ठ मेलापत चटपट र पानीपुरीमा खानै नहुने अखाद्य रंग भेटियो

चटपट र पानीपुरीमा खानै नहुने अखाद्य रंग भेटियो

बागलुङ बजारमा सञ्चालनमा रहेका पानीपुरी तथा चटपट पसलहरुमा बिक्रिहुँदै आएको पानीपुरी र चटपटमा अखाद्य रंग मिसाउने गरेको भेटिएको छ । व्यवसायीले चटपट र पानीपुरी रंगाउनका लागि फुडकलर भन्दै अखाद्य रंग मिसाएको पाईएको हो ।
स्वास्थ्यमा प्रतिकुल असर पार्ने रंगहरु निर्वाध प्रयोग गरेको भेटिएको बागलुङ नगरपालिका उपभोक्ता हित संरक्षण समितिले जनाएको छ । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ, बागलुङ नगरपालिका र उपभोक्ता मञ्च बागलुङ र बागलुङ उद्योग बाणिज्य संघले मंगलबार पानीपुरी, चटपट र केही रेष्टुँरेण्टहरुमा अनुगमन गरेको थियो ।
“चटपटलाई रातो बनाउनका लागि कलर मिसाएको पाईयो, बोतलमा बिभिन्न रसायन मिलाएर राखिएको तरल पदार्थ हामिले भेटेजतीको नष्ट गरेका छौं ।” खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका प्रमुख सुमन लामिछानेले भने “उपभोक्ता आँफैले पनि सचेत हुनुपर्छ, अखाद्य रंग मिसिएको खानेकुराले स्वास्थ्यमा असर गर्छ ।”
चटपट पसलहरु मध्ये अधिकांशले फोहोर बोतलमा रातो देखिनेगरी रंग तयार गरेर राख्ने र हप्तौं त्यही रंगको प्रयोग गर्ने गरेको पाईएको उनले बताए । अनुगमन टोलिले पहिलो पटकका लागि अखाद्य रंग नष्ट गरेको र पुनः दोहोरीए कारवाही गर्ने बागलुङ नगरपालिका उपभोक्ता हित संरक्षण समितिका सदस्य सचिव सरस्वती रेग्मीले बताईन् । रेष्टुरेण्टहरुमा प्रयोग हुने तेल परीक्षणमा भने अधिकांशमा सन्तोषजनक नतिजा भेटिएको थियो । खाद्य प्रबिधि तथा गुण नियन्त्र कार्यालय बागलुङले प्रबिधिको प्रयोग गरेर गरेको वरीक्षणमा सबैभन्दा राम्रो बेष्ट वन रेष्टुरेण्टमा तेल भेटियो भने मुखै रसायो रेष्टुरेण्टको तेल नष्ट गर्नुपरेको रेग्मीले बताईन् ।
चटपट तथा पानीपुरी व्यवसायीले अखाद्य रंगको प्रयोग गर्ने गरेको, पत्रपत्रिकामा पोका पारेर बिक्रि गर्नेगरेको लगायतका गुनासो आएकाले अनुगमन गर्नुपरेको उपभोक्ता मञ्च बागलुङका अध्यक्ष ैलेन्द्रकुमार श्रेष्ठले बताए । उनले उपभोक्ता हित बिपरितका कार्य नगर्न व्यवसायीलाई सचेत गराईएको समेत बताए ।

छुटाउनुभयो कि?

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...