#
गृह पृष्ठ प्रवास अब सिमरामा उड्ने भयो ७२ सिट क्षमताको ठूलो जहाज

अब सिमरामा उड्ने भयो ७२ सिट क्षमताको ठूलो जहाज

२३ साउन, काठमाडौं । अब सिमरामा काठमाडौंबाट ठूलो जहाजमार्फत उडान हुने भएको छ । बद्ध एयरले सिमरा विमानस्थलमा एटीआर-७२-५०० सिरिजको जहाजले परीक्षण उडान गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा सिमरामा परीक्षण गरेको हो । काठमाडौंबाट १७ जना हवाई प्राविधिकसहितको टोली लिएर बुधबार जहाज सिमरा गरेको हो । बुद्ध एयरको उक्त जहाजले दक्षिण र उत्तर गरी दुवैतर्फबाट उडान तथा अवतरण गरेको हो ।

जहाजको परीक्षण उडान नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरेको सबै सुरक्षा मापदण्ड पालना गरेको कम्पनीले जनाएको छ । यसअघि बद्धका एटीआर ४२-३२० सिरिज र बीच १९०० ‘डी’ जहाजले मात्र सिमरा उडान गरेका थिए ।

चैत ११ गतेअघि दैनिक ७-९ वटा सेड्युलबाट नियमित उडान गर्दै आएको कम्पनीले भदौ १ गतेदेखि हुने उडानका लागि ७२ सिटे एटीआर-७२ ले उडान गर्ने योजना बनाएको जानकारी गराएको छ । नेपालको सबैभन्दा पूरानो सिमरा विमानस्थलको लम्बाई ११९० मिटर रहेको छ ।

औद्योगिक करिडोर र भारतीय पर्यटकका लागि काठमाडौं छोटो दूरीको उडानका कारणसमेत सिमरा विमानस्थल व्यस्त गन्तब्य हो । बुद्ध एयरसँग ८ वटा एटीआर-७२, तीनवटा एटीआर-४२ र २ वटा बीच १९०० ‘डी’ जहाज छन् ।

भदौ १ बाट हुने उडानका लागि बद्ध एयरले संक्रमणरहित उडानका लागि सम्पूर्ण तयारी गरेको समेत जानकारी दिएको छ । यात्रुको दोहोरो तापक्रम चेकजाँच, हृयाण्ड सेनिटाइज, फेसमास्क र फेससिल्डको अनिवार्य प्रयोग लागू गरेको छ ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...