#
गृह पृष्ठ समाचार शान्ति माविको प्राङ्गणमा जब ज्वालामुखी निस्कियो...

शान्ति माविको प्राङ्गणमा जब ज्वालामुखी निस्कियो…

बागलुङ/विद्यालयको वार्षिकोत्सवको भव्य माहोल । शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवालाको बाक्लो उपस्थिती ।
विद्यालय प्राङगणको उत्तर पूर्वमा वार्षिकोत्सवका लागि बनाईएको मञ्च । त्यहिं मञ्चको पश्चिमतर्फ लावालस्कर राखिएका कुर्सीहरुमा थिए विद्यार्थीले तयार गरेका शैक्षिक सामग्री ।

दक्षीण बागलुङको मुटुमा रहेको शान्ति माध्यामिक विद्यालय कुश्मीशेराको प्राङगणमा सोमबार दिउँसो एकाएक ज्वालामुखी देखियो । लाभासहितको धुँवाको मुस्लो निस्किन थालेपछि विद्यालय परिसरमा रहेका सबै त्यसैमा झुम्मिए । कार्यक्रमका अतिथी, अभिभावक र शिक्षकहरु दंग परेर हेरिरहे ।

विद्यालयले सोमबार बिबिध कार्यक्रमसहित ६४ औं वार्षिकोत्सव मनाईरहेको थियो । वार्षिकोत्सवमा विद्यार्थीले विज्ञान र कलासँग सम्बन्धित विभिन्न शैक्षिक सामग्री प्रदर्शन गरिरहेका थिए । तीनै सामग्री मध्येको एक थियो ज्वालामुखी । विज्ञानमा ज्वालामुखीको विषयमा पढेका विद्यार्थीले प्रयोगात्मक अभ्यासका बेला गरेका प्रयासहरुको नतिजा संकलन गरेर प्रदर्शनीका लागि राखिएको थियो ।

प्रदर्शनी स्थल पुगेका अतिथी तथा शिक्षक अभिभावकलाई उनीहरुले आफुले तयार गरेको सामग्रीको विषयमा धमाधम जानकारी गराए । यो एउटा सिकाईको नौलो बिधि थियो । घरको सुरक्षाका लागि सेन्सर बिधि, कागतीका दानाहरुबाट विद्युत उत्पादन, ज्वालामुखी विष्फोट लगायत कलाकारितासँग जोडिएका कयौं शैक्षिक सामग्री प्रदर्शन गरेर विद्यालयले वार्षिकोत्सव मनायो ।

“विद्यार्थीहरुले समुहमा र एक्लै अभ्यास गरेर तयार गरेका सामग्री सबैका माझमा प्रदर्शन गर्दा उनीहरुमा आत्मवल बढ्छ, अरु सबैलाई सिकाई हुन्छ” विद्यालयका प्रधानाध्यापक याम बहादुर जिसीले भने, “यो व्यवहारिक ज्ञान दिने एउटा प्रयास पनि हो ।” कक्षा ९ देखि कम्प्युटर विज्ञान पठनपाठन गराई रहेको विद्यालयमा पछिल्लो समय व्यवहारिक ज्ञान र सिपका विषयमा बढी चर्चा हुने गरेको छ ।

“विज्ञान त हामीले पनि पढेको हो, तर उ बेला सामग्रीका अभावले अभ्यास गर्न पाईएन, बिर्सियो, खाईयो” कार्यक्रममै रहेका जैमिनी नगरपालिका–१ कुश्मीशेराका वडा अध्यक्ष विष्णु आचार्यले भने, “शैक्षिक क्षेत्रमा मेहनत गर्ने हो भने दक्ष जनशक्ति उत्पादन गर्न यस्ता क्रियाकलापले सहयोग गर्छ ।”

विद्यालयले बिभिन्न बिधामा शिक्षक, अभिभावक र विद्यार्थीलाई पुरस्कृत गरेको थियो । वार्षिकोत्सव समारोहमा प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक जिसीले बसाईसराई विद्यालयका लागि मुख्य चुनौती भएको बताए । पूर्वाधार र जनशक्तिले सम्पन्न सामुदायीक विद्यालयहरु पछिल्लो समय विद्यार्थी संख्या घट्ने चुनौतीको सामना गर्न बाध्य रहेको बताए ।

कार्यक्रममा जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले शान्ति मावि नगरको नमुना बन्नुपर्नेमा जोड दिए । नगरको मुकामको विद्यालय भएकाले यो विद्यालयका राम्रा अभ्यास अरुका लागि सिकाई बन्न सक्ने उनले बताए ।

वार्षिकोत्सव समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभा प्रसाद शर्माको अध्यक्षता, शिक्षक मेघनाथ आचार्यको स्वागत र शिक्षकहरु लेखनाथ शर्मा र डिल्ली पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...