#
गृह पृष्ठ मेलापत लयमा फर्किंदै कागबेनी

लयमा फर्किंदै कागबेनी

मुस्ताङ –कागखोलामा आएको बाढीले तहसनहस भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीमा सरकारी तथा निजी सहयोगबाट पुनर्निर्माण भइरहेको छ । २०८० साल साउन २८ गते आएको बाढीबाट पीडितलाई राहत तथा प्रभावित क्षेत्रको भौतिक संरचना निर्माणले स्थानीयकै दैनिकी सहज बन्न थालेको छ । पूर्वसूचनाका कारण कुनै मानवीय क्षति नभए पनि सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक, वडा, प्रहरी चौकीको भवन, तटबन्धलगायत भौतिक पूर्वाधार गरी एक अर्बको क्षति भएको थियो ।

कागबेनी पुनर्निर्माणका लागि समुदायस्तरबाट आर्थिक सङ्कलन तथा गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको पहलमा तटबन्धन, सिँचाइ, पुललगायतका आधारभूत संरचनाका कारण कागबेनी लयमा फर्किएको वडाध्यक्ष कर्मघ्यचो गुरुङले बताउनुभयो । वडाध्यक्ष गुरुङले भन्नुभयो, “बाढीको वितण्डापछि अहिले पनि पुनर्निर्माणमै सक्रिय छौँ, अब कहिल्यै बाढीले क्षति नहुने गरी खोला आसपासका क्षेत्रमा संरक्षणको काम भइरहेको छ ।” वडाध्यक्ष गुरुङका अनुसार एकै पटक पुनर्निर्माणको काम सम्भव नहुने भएकाले सडक, पुल, सिँचाइ तथा स्थानीयको प्राथमिकतालाई ध्यानमा राख्दै काम भइरहेको छ । वडाध्यक्ष गुरुङको पहलमा स्वदेश तथा विदेशबाट २२ लाख, कादुरी संस्थाले पूर्ण क्षति भएका १० घरधुरीलाई ९६ लाख वितरण तथा आंशिक क्षति भएका ६३ घरधुरीलाई समेत राहत वितरण गरिएको थियो ।

बाढीबाट निजी घरपरिवारसँगै बौद्ध गुम्बा, धर्मशाला, स्थानीय क्लब तथा अन्य विभिन्न संस्थालाई उपलब्ध गराइएको थियो । निवर्तमान सङ्घीय सांसद योगेश गौचन थकालीले पुनर्निर्माणका लागि पहल गर्नुभएको थियो । उहाँकै पहलमा कागबेनी संरक्षणको विस्तृत परियोजना प्रतिवेदन डिपिआर बनाउन आर्थिक वर्ष २०८३/८४ मा तीन करोड विनियोजन गरिएको थियो । सहरी विकास कार्यालयबाट नदीमा पक्की संरचना, गाउँपालिकाबाट आपत्कालीन सहयोग ४० लाख, गण्डकी प्रदेश सभा सदस्य विकल शेरचनबाट ३५ लाखको ‘रिटेनिङ वाल’ सहित अन्य योजनासमेत सञ्चालन गरिएको छ । कागखोलाले हिन्दु धर्मावलम्बीको पवित्रस्थल कागबेनीमा पितृका नाममा श्राद्ध तथा पिण्डदान दिन सहज हुने गरी मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिले एक करोड बजेट विनियोजन गरेको छ ।

कागखोलाबाट भविष्यमा कुनै क्षति हुन नदिन  प्रदेश सरकारबाट डिपिआर बनाउन बजेट उपलब्ध भए पनि मापदण्डका कारण कार्यान्वयन नभएपछि गाउँपालिका र वडाबाट १५ लाख विनियोजन भएको छ । कागखोला र कालीगण्डकीको कटानको चपेटामा परेको कागबेनी बजारको नयाँ र पुरानो बजार संरक्षणका लागि ६० करोडभन्दा बढी लागत अनुमान गरिएको छ ।

बडादसैँ र चैते दसैँ औंसीमा पुग्ने र अन्य समयमा समेत पितृको सम्झनामा तर्पण दिनेलाई बस्ने धर्मशालासहितका अन्य धार्मिक गतिविधिका लागि पनि पुनर्निर्माण अभियान  जोडिएको छ । कागबेनीको मुख्य आम्दानी कृषि र पर्यटन मानिन्छ । पुनर्निर्माणले कागखोला संरक्षण भएपछि पछिल्लो समय ठुला होटेलसमेत निर्माणाधीन अवस्थामा रहेका छन् ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...