#
गृह पृष्ठ समाचार कतारमा बागलुङेको बृहत्त रक्तदान

कतारमा बागलुङेको बृहत्त रक्तदान

बागलुङ/ बैदेशीक रोजगारीको शिलशिलामा खाडी मुलुक कतारमा रहेका बागलुङेहरुले बृहत्त रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । बागलुङ सेवा समाज कतार र समाजको संरक्षकत्वमा स्थापित बागलुङ सेवा समाज बहुउद्देश्यीयकोषको संयुक्त आयोजना तथा नेपाली रक्तदाता संघ, कतारको समन्वयमा दोहामा ‘बृहत् रक्तदान’ कार्यक्रम गरिएको हो ।
गत शुक्रबार भएको रक्तदान कार्यक्रममा ९० जनाले रक्तदान गरेको समाजका अध्यक्ष निराजन गौतमले जानकारी दिए । मानवीय र सामाजिक सेवाका क्षेत्रमा क्रियाशील बागलुङ सेवा समाज कतारले कतारको हमद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
बहुउदेश्यीयकोषका अध्यक्ष सन्तोष पौडेलले रक्तदान गर्दै उक्त कार्यक्रमको शुभारम्भ गरेका थिए । ‘रक्तदान केवल परोपकार मात्र होइन, जीवन बचाउने महान् कार्य हो” भन्ने अभियानका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको पौडेलले बताए ।
प्रवासमा रहेका नेपालीहरू मानवता प्रवद्र्धन र सामाजिक हितमा गतिविधिमा पनि उत्तिकै सक्रिय रहेको उनको भनाइ छ । समाजका अध्यक्ष गौतमले नेपालीहरू जहाँ बसे पनि समाजप्रति उत्तरदायी रहन्छन् भन्ने उदाहरण रक्तदान कार्यक्रमले दिएको बताए ।
‘रक्तदान, जीवनदान’ भन्ने आदर्श वाक्यसहित सञ्चालन गरिएको रक्तदान कार्यक्रममा नेपाली श्रमिक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । बागलुङ सेवा समाज कतारले कतार तथा गृह जिल्ला बागलुङमा नियमित रूपमा सामाजिक कार्यहरू सञ्चालन गर्दै आइरहेको छ ।
समाजले रू १ एक करोडको ‘कतार बहुद्देश्यीय अक्षयकोष’समेत स्थापना गरेको छ । कोषमार्फत दैवी प्रकोप उद्धार, सीपमूलक तालिम, पर्यटन प्रवद्र्धन, प्रवासीको तथ्यांक संकलन, सम्मान र पुरस्कार प्रदान तथा सामाजिक काम गर्ने लक्ष्य लिइएको अक्षयकोषका अध्यक्ष पौडेलले बताए ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...