#
गृह पृष्ठ मेलापत आधारभुत अस्पतालहरुका गुनासा सुन्न गाउँ गाउँ पुग्दै : मन्त्री पाठक

आधारभुत अस्पतालहरुका गुनासा सुन्न गाउँ गाउँ पुग्दै : मन्त्री पाठक

पोखरा – गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक स्थानीय तह मातहत रहेका आधारभूत अस्पतालहरूका समस्या र गुनासा बुझ्न गाउँगाउँको भ्रमणमा हुनुहुन्छ ।

२०८२ कात्तिक २२ र २३ गते मन्त्री पाठकले पर्वत जिल्लाको प्रदेश निर्वाचन क्षेत्र-१ अन्तर्गत रहेका चार ओटा आधारभूत अस्पताल तथा एक आयुर्वेद अस्पतालको निरीक्षण गर्नु भयो ।

स्थानीय तहका महाशिला आधारभूत अस्पताल, वहाकीठाँटी स्वास्थ्य चौकी, प्रादेश आयुर्वेद चिकित्सालय फलेवास लगायतका रहेका छन् ।

निरीक्षणका क्रममा अस्पतालहरूको भौतिक पूर्वाधार, जनशक्ति व्यवस्था, औजार उपकरणको अवस्था तथा सेवाग्राहीहरूले भोगिरहेका समस्याहरू बारे विस्तृत जानकारी लिनु भयो ।

चारै स्थानीय तहका प्रमुख/उपप्रमुख, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, अस्पताल व्यवस्थापक तथा कर्मचारीहरूको उपस्थितिमा मन्त्री पाठकले अस्पतालहरूका चुनौती तथा सुधारका आवश्यकता बारे छलफल गर्नु भयो ।

मन्त्री पाठकका अनुसार प्रदेश सरकारले स्थानीय तह मातहतका स्वास्थ्य संस्थाहरूलाई जनशक्ति पूर्ति, औजार उपकरण र भौतिक पूर्वाधारका क्षेत्रमा निरन्तर सहयोग गरिरहेको छ ।उक्त निरीक्षणमा पर्वत जिल्ला प्रदेशसभा क्षेत्र नं १ का सांसद तथा उद्योग पर्यटन मन्त्री मित्रलाल बस्याल समेत सहभागी हुनु भएको थियो ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...