#
गृह पृष्ठ समाचार जैमिनीको कुश्मीसेरा–कार्कीनेटा–पोखरा बस सेवा संचालन

जैमिनीको कुश्मीसेरा–कार्कीनेटा–पोखरा बस सेवा संचालन

बागलुङ
बागलुङ जिल्लाको दक्षिणमा रहेको जैमिनी नगरपालिकाको केन्द्र कुश्मीसेरादेखि पर्वतको फलेबास, कार्कीनेटा, जुग्ले हुँदै पोखरासम्म बस सेवा संचालनमा आएको छ ।

नगर उपप्रमुख हरिहर शर्मा, यातायात प्रालिका पदाधिकारी, व्यवसायी लगायतको उपस्थितिमा बिहीबार बिहानबाट बस सेवा सञ्चालनको शुभारम्भ गरिएको हो ।

जैमिनी नगरपालिकाको पहल र पृथ्वी राजमार्ग बस संचालन प्रालि पोखरा र स्याङ्जा गण्डकी बस संचालन प्रालिसँगको समन्वयमा बस सेवा संचालनमा ल्याइएको नगर उपप्रमुख शर्माले बताए ।

कुश्मीसेरादेखि पोखराका लागि हरेक बिहान ७ बजे र पोखरा, नागढुंगाबाट कुश्मीसेराका लागि दिउँसो ११ बजे बस छुट्ने उहाँले जानकारी दिए । बसको एकतर्फी भाडा ५ सय ५० तोकिएको बताइएको छ । उपप्रमुख शर्माले कुश्मीसेरा पोखरा बस सेवा संचालनमा आएसँगै दक्षिण बागलुङका नागरिकलाई प्रदेश राजधानी पोखरा आउजाउ गर्न सहज हुने उल्लेख गरे ।

यसअघि जैमिनी र बरेङ क्षेत्रका सर्वसाधारण पोखरा जान मालढुंगाहुँदै पोखरा–बागलुङ राजमार्ग प्रयोग गर्दै आएका थिए । कुश्मीसेरा पोखरा जोड्ने वैकल्पिक सडक संचालनमा आएपछि स्थानीयलाई यातायात सेवा र सामान ढुवानीमा सहजता हुने अपेक्षा समेत गरिएको छ ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...