#
गृह पृष्ठ राजनीति देश बिषम परिस्थितिबाट गुर्जिएको छ : मन्त्री पाठक

देश बिषम परिस्थितिबाट गुर्जिएको छ : मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले यतिबेला देश बिषम परिस्थितिबाट गुर्जिएको र देशीविदेशी शक्तीले बिभिन्न बहानामा देशलाई अस्थिरतामा धकल्ने र देश नै कब्जा गर्ने मनसायले लागि परेकोले आम नागरिकलाई सचेत रहन आव्हान गरेका छन् ।

सोमबार पर्वतको कुश्मा नगरपालिका वडा नं. १० वडा कार्यालय र पिपलटारी स्वास्थ्य चौकीको समन्वयमा आयोजित राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवाला बीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पाठकले देशमा लामो समयको संघर्ष र बलिदानबाट संविधान जारी गरी व्यवस्था स्थापित संगसंगै विकास र समृद्विको खाका कोरिरहेको अवस्थामा मुलकलाई फेरी अस्थिरतामा लैजाने खोजिएको बताए ।

पाठकले गत भदौ २३ गते जेन्जीहरुले भ्रष्ट्राचारविरुद्द र सुशासनको माग राखी गर्न खोजिएको आन्दोलन समय परिस्थिति अनुसार जायज भएपनि उक्त आन्दोलनलाई विभिन्न स्वार्थ समुहले घुसपैठ गरि कलिला विद्यार्थीहरुको हत्या संगसंगै देशका सबै सरकारी भौतिक संरचनाहरुमा तोडफोड आगजानी गरी व्यवस्था माथि नै प्रहार गर्न खोजिएको बिषय अत्यन्तै खतरनाक रहेकोले सबै राजनीतिक दल, आम नागरिक र सरोकारवाला सचेत बनि यो बिषम परिस्थितिबाट देशलाई जोगाइ सुनौलो र समृद्व नेपाल निर्माणमा लाग्नु पर्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा सबै राजनीतिक दलका प्रतिनिधिहरुले वडाको विकासको लागि सबै दलहरु मिलेर नै काम गरेको र देशको हरेक बिषम परिस्थितिलाई सहि दिशा निर्देश गर्न एकजुट भएर अघि बढने साझा धारणा राखेका थिए । कार्यक्रमको अवसरमा मन्त्री पाठकले वडाको समग्र विकास निर्माण, वडाका समस्या र चुनौतीसंगै समाधानका उपायबारे सर्वपक्षिय छलफल पनि गरेका थिए ।

उनले पिपलटारी स्वास्थ्य चौकीको अनुगमन तथा निरीक्षण गर्दै स्वास्थ्य चौकीको वस्तुगत स्थिती, औषधि उपकरण र जनशक्तीको अवस्थासंगै सेवा प्रबाहको जानकारी लिदै आवश्यक स्वास्थ्य सामाग्री समेत हस्तान्तरण गरेका छन् । कार्यक्रम वडा अध्यक्ष रामचन्द्र सुवेदीको अध्यक्षता, स्वास्थ्य चौकी इन्चार्ज रामबहादुर खडकाको सञ्चालन र वडा सचिव नारायण लामिछानेको स्वागतमा सम्पन्न भएको थियो ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...