#
गृह पृष्ठ खेलकुद भलिबल खेलाडीलाई अमेरिकाबाट समाजसेवी गिरीले दिए जर्सी

भलिबल खेलाडीलाई अमेरिकाबाट समाजसेवी गिरीले दिए जर्सी

पर्वत- बिहादी गाउँपालिका–२ बर्राचौर घर भई हाल अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका समाजसेवी बैकुण्ठ गिरीले भलिबल खेललाई प्रोत्साहन गर्ने उद्देश्यले १८ वर्ष मुनिका खेलाडीहरुलाई आकर्षक जर्सी सेट प्रदान गर्नुभएको छ।

दशैको अवसर पारेर स्थानीय गिरी समाजका तर्फबाट आयोजित कार्यक्रममा उहाँले पठाउनुभएको जर्सी वितरण गरिएको हो। जर्सी पाएपछि खेलाडीहरु उत्साहित देखिएका छन्। गाउँघरमा खेलकुदलाई अझ संगठित र व्यवस्थित बनाउन यस्तो सहयोगले ठूलो ऊर्जा मिल्ने विश्वास गरिएको छ।

समाजसेवी गिरी विगतदेखि नै विभिन्न सामाजिक, सांस्कृतिक तथा खेलकुद गतिविधिमा निरन्तर सहयोग गर्दै आइरहनुभएको छ। गाउँमा क्लवले आयोजना गरेका खेलकुद कार्यक्रम मा पुरस्कार सौजन्य,धार्मिक क्षेत्रमा हुने सास्कृतिक कार्यक्रममा सहयोग, लगाएत विभिन्न क्षेत्रमा उहाँको विशेष ध्यान रहेको छ। विशेष गरी बालबालिका र युवाहरुलाई असल बाटोमा अघि बढाउन खेलकुद ठूलो माध्यम हुने भन्दै उहाँले यसअघि पनि प्रतिभा प्रोत्साहनमा सहकार्य गर्दै आउनुभएको छ।

युवालाई खेलकुदतर्फ आकर्षित गर्न र दुर्व्यसनबाट टाढा राख्न यस्ता प्रयासले महत्वपूर्ण योगदान गर्ने स्थानिय युवा ब्यबसायी उमेश गिरीले बताउनुभयो । स्थानीय बासिन्दाहरुले बैकुण्ठ गिरीजस्ता समाजसेवीबाट निरन्तर प्रेरणा मिलिरहेको जनाउँदै आगामी दिनमा पनि खेलकुद र समाजसेवामा निरन्तर हातेमालो हुने विश्वास व्यक्त गरे।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...