#
गृह पृष्ठ मनोरन्जन मोदी गाउँपालिकामा खुल्ला तीज गीत प्रतियोगिता हुने

मोदी गाउँपालिकामा खुल्ला तीज गीत प्रतियोगिता हुने

पर्वत – महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर पर्वतको मोदी गाउँपालिकाले मोदी गाउँपालिका स्तरीय खुल्ला तिज प्रतियोगिताको आयोजना गरेको छ ।

मोदी गाउँपालिकाकी महिला विकास निरिक्षक शोभा देवी शर्माका अनुसार यही भदौ ८ गतेका लागि प्रतियोगिताको आयोजना गरिएको छ भने उक्त प्रतियोगितामा वडामा रहेका आमा समूह, महिला समूह, महिला उद्यमी समूह लगायतले सहभागिता जनाउन सक्ने गरी गाउँपालिकाका ८ वटै वडा कार्यालयहरुमा पत्राचार गरिएको छ । उक्त प्रतियोगितालाई अवलोकन गर्नका लागि वडा सदस्य तथा वडा कार्यालयमा कार्यरत कर्मचारीहरुलाई आह्वान पनि गरिएको छ ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय बन्ने समूहले क्रमशः १५ हजार, १० हजार र ७ हजार तथा सान्त्वनाले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताका नियमहरुमा एउटा समूहमा बढीमा दश जना भन्दा हुन नपाइने, गीतको विषयबस्तु महिला शसक्तिकरण गर्ने, संस्कृतिको रक्षा गर्ने, रचतात्मक र मौलिक हुनुपर्ने, मौलिक पोषाकमा मात्रै उपस्थित भएको हुनुपर्ने भनिएको छ ।
सहभागी हुन चहाने समूहले भदौ ७ गते बेलुका ५ बजे भित्रमा फोनबाट भए पनि नाम दर्ता गराउन सक्ने मोदी गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ ।
उक्त प्रतियोगिता मोदी गाउँपालिका–२ पातिचौरमा रहेको पालिकाको प्राङगडमा गरिने र बिहान १० बजेदेखि साँझ ५ बजेसम्म प्रतियोगिता सञ्चालन हुने पनि संयोजक शर्माले बताइन ।

छुटाउनुभयो कि?

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...