#
गृह पृष्ठ खेलकुद तेस्रो ऐतिहासिक टुँडिखेल तीज महोत्सवको तयारी तीव्र

तेस्रो ऐतिहासिक टुँडिखेल तीज महोत्सवको तयारी तीव्र

पोखरा । पोखराको इन्द्रेणी एकीकृत विकास केन्द्रले नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना गरेको ‘तेस्रो ऐतिहासिक टुँडिखेल तीज महोत्सव-२०८२’ को तयारी तीव्र रुपमा अघि बढाइएको छ । महोत्सव भाद्र ६ देखि १५ गतेसम्म टुँडिखेल मैदानमा सञ्चालन हुनेछ ।

महोत्सवको तयारीका लागि गठित विभिन्न उपसमितिले आआफ्नो काम तीव्ररुपमा अघि बढाएका छन् । महोत्सवमा मौलिक तीजगीत प्रतियोगिता (आमा समूहगत), खुला एकल नृत्य प्रतियोगिता, परम्परागत सिप ढिँकी जातो प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता हुनेछ ।

साथै मेलामा दैनिक उपभोग्य सामान, कृषि, हस्तकला, बैंक तथा वित्तीय संस्था, लत्ता कपडा, वाल उद्यान, रेष्टुरेन्टलगायत विभिन्न स्टलसँगै राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुति रहने केन्द्रका अध्यक्ष एवं महोत्सवका मूल संयोजक भानुभक्त अधिकारीले जानकारी दिए ।

ऐतिहासिक टुँडिखेलको संरक्षण, परम्परागत नेपाली कला संस्कृतिको संरक्षण, महिला दिदीबहिनीद्वारा उत्पादित वस्तुको प्रदर्शनी, नृत्य र सङ्गीतमार्फत महिला सशक्तीकरणमा टेवा पुर्‍याउने, तीजलाई भड्किला नभई मौलिक तीजको रुपमा विकास गर्ने, लोपउन्मुख संस्कृतिको जगेर्ना, अन्तरनिहीत प्रतिभा प्रस्फुटन लागि स्थान र वातावरण उपलब्ध गराउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो ।

महोत्सवका लागि केन्द्रका अध्यक्ष अधिकारी मूल संयोजकत्वमा मूल आयोजक समिति, ३९ सदस्य सम्पादन समिति, विभिन्न ३८ वटा उपसमिति, ३१ सदस्य मेला संरक्षक समिति, एक सय ३१ सदस्य सल्लाहकार समिति गठन गरिएको छ ।

मूल आयोजक समितिमा पोखरा महानगरपालिका वडा नं १, २ र ३ स्थित सबै संघसंस्था, आमा समूह, क्लब, टोल सुधार समिति, वित्तीय संस्था, विद्यालयलगायत विभिन्न क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रमुख एवं प्रतिनिधि छन् ।

केन्द्रका महासचिव एवं सांस्कृतिक उपसमिति संयोजक वसन्त बास्तोलाले महोत्सवका सबै उपसमितिले तयारीलाई धमाधम अघि बढाएको बताए । यस पटकको विगतका महोत्सव भन्दा पृथक हुने उनले बताए । उनका अनुसार प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, राजु परियार, ज्योति मगर, श्याम रानासहित ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारका लाइभ दोहोरीले महोत्सव तताउने स्पष्ट पारे ।

महोत्सवका मूल संयोजक एवं केन्द्रका अध्यक्ष अधिकारीका अनुसार कार्यक्रम स्थलको सजावटदेखि सुरक्षा व्यवस्था, साउन्ड सिस्टम, मञ्च सञ्चालनदेखि कलाकारका प्रस्तुतिसम्म सबै पक्षलाई ध्यानपूर्वक व्यवस्थापन गरिएको छ ।

स्थानीय समुदाय, स्वयंसेवक, प्राविधिक टोली र प्रायोजकको सक्रिय सहभागिताले निकै सहज र उत्साह थपिएको उनले बताए।
यो महोत्सवलाई पोखरावासी र आगन्तुक सबैका लागि अविस्मरणीय बनाउने र त्यसका लागि कुनै कसर बाँकी नराखिने अध्यक्ष अधिकारीले स्पष्ट पारे ।

सचिवालय व्यवस्थापन उपसमिति संयोजक दुर्गाप्रसाद अधिकारीका अनुसार सांस्कृतिक, खेलकुद तथा ज्ञानवद्र्धक एवं मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने, इन्द्रेणी एकेडेमीमा रहेका बालबालिकाको समग्र स्तरोन्नति गर्ने, इन्द्रेणी आवासीय किरियाकर्म भवनलाई सुविधासम्पन्न बनाउन, शव वाहन सञ्चालन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

केन्द्रका उपाध्यक्ष एवं अर्थ संकलन उपसमिति संयोजक नीरज विक्रम राणका अनुसार महोत्सव संचालनका लागि ६९ लाख आम्दानी, ६४ लाख ५० हजार खर्च, चार लाख ५० हजार बचत हुने अनुमान छ ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...