#
गृह पृष्ठ मनोरन्जन दोहोरी गीत प्रतिष्ठानको तीज कोसेली ‘माइतीको सम्झना’

दोहोरी गीत प्रतिष्ठानको तीज कोसेली ‘माइतीको सम्झना’

पर्वत – परिवारका सदस्यबाट भोग्नुपरेका पीडाका कथा, तीजमा हुने रमझम र भेटघाटका कुरा, बाल्यकालका साथीहरुसँगको सम्झना र उनीहरुसँगको भेट, जागरिको लागि अरुको ठाउँमा रहँदाका बाध्यता लगायतका व्यवहारिक कुरारु तीज गीतमा समेटीन्थे ।
तर आजभोलिका सबै तीज गीतहरु परिवारका सदस्यहरुसँगै रहेर हेर्न र सुनन मिल्ने खालका छैनन् । ‘भाइरल’ वा ‘ट्रेन्ड’ मा आउन खोज्ने कलाकारहरुको अस्वभाविक चहानाका कारण गीतहरु ‘लज्जास्पद’ बनिरहेका छन् । पारिवाक् िकथाले भरीने तीजका गीतमा ‘कामुकता’ को रस भरेर ‘भाइरल’ बन्न खोज्दा मौलिकता नै जोखिममा परिरहेको छ ।
यही परिवेशबीच राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले भने आफ्नो मौलिकताको जगेर्नाका लागि गत वर्षको जस्तै पारिवारिक तीज गीत सार्वजनिक गरेको छ । पोहोरको तीजमा ‘काली पसम्ला’ तीज गीत सार्वजनिक गरेका पर्वतका कलाकाहरुले यस वर्ष संयुक्त रुपमा ‘माइतीको सम्झना’ सार्वजनिक गरेका हुन् ।
गीतमा पुजा कार्की शर्मा, सरस्वती लामीछाने, शोभा परियार, देवी परियार, सलिना गुरुङ, र मञ्जु बिक को सामूहिक आवाज सुन्न सकिन्छ । यी गायिकाहरूको समर्पण र स्वरको मिठासले गीतलाई विशेष बनाएको छ । गीतका शब्दकार कृष्ण कँडेल हुन् भने संगीत संयोजन सन्तोष सुवेदीले गरेका छन् । दिवस थापा मगरको संयोजन तथा रेकर्डिङ र गोविन्द ओलीको मिक्सिङ तथा मास्टरिङले गीतलाई प्राविधिक रूपमा उच्च स्तरमा पु¥याएको छ ।
भिडियो पक्षमा पनि यस गीतले उस्तै सशक्त प्रस्तुति दिएको छ । कलाकार अर्जुन थापा मगरको परिकल्पना र निर्देशनमा बनेको भिडियोमा सोही गायिकाहरू—पुजा, सरस्वती, शोभा, देवी, सलिना र मञ्जु—कलात्मक रूपमा प्रस्तुत छन् । कमल एलेक्सको क्यामेरा, सम्पादन तथा रङ संयोजनले भिडियोको सौन्दर्यलाई थप उचाइमा पु¥याएको छ । भिडियोमा सन्दीप नेपालीले ध्वनि संयोजन गरेका छन् भने बिशाल कार्कीले मेकअप आर्टिस्टको भूमिका निर्वाह गरेका छन् ।
गीत ‘माइतीको सम्झना’ ले माइतीघरको सम्झना, महिला संवेदना र पारिवारिक सम्बन्धको कथा भावुक ढंगले प्रस्तुत गरेको छ ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...