#
गृह पृष्ठ मेलापत पहिरो पीडित परिवारलाई राहत सामग्री सहयोग

पहिरो पीडित परिवारलाई राहत सामग्री सहयोग

पर्वत – भारी वर्षासँगै आएको पहिरो घर पुर्दा पर्वतको मोदी गाउँपालिकामा एकै परिवारका दुई जनाको मृत्यु भएको परिवारलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतले राहत सामग्रीहरू उपलब्ध गराएको छ ।
गत साउन चार गते बिहानीपख घरभन्दा करिब १० मिटर माथिबाट खसेको पहिरोले घरको भित्ता फुटाउँदा सोही घरमा सुतिरहेका  लाङ्दीका ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ बर्सिया विष्णुमती बि.क.को मृत्यु भएको थियो । पहिरोमा पुरी मृतक दम्पतीकी बुहारी ३२ बर्सिया पवित्रा बि.क. घाइते भएकी थिइन् ।
पहिरोका कारण मानवीय सहित घरको भौतिक संरचनामा समेत क्षति पुगेपछि परिवारका सदस्यहरूको दैनिकीलाई सहज बनाउन नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य तथा जिल्ला शाखा पर्वतका सभापति रुद्र बहादुर रिमाल, देउराली उपशाखा तथा तिलाहार देउपुर उपशाखाका सभापतिहरू सहित राजनीतिक दलका नेताहरूको टोलीले सामग्रहीहरु उपलब्ध गराएको हो ।
रेडक्रसको तर्फबाट दुई थान त्रिपाल, ब्लाङक्वेट दुई थान, बाल्टी, पानी ओसारपसारका सामग्रीहरू, खाना पकाउने तथा खाने भाँडाहरू, डबल म्याट लगायतका बन्दोबस्तका सामग्रीहरू सहयोग गरिएको हो ।
रेडक्रस पर्वत शाखाका सभापति रिमालले यस्ता घट्नाहरु घट्नु अगाडि सतर्कता अपनाउन आग्रह गर्दै अब डेंगू, कोभिड जस्ता प्रकोपहरूबाट समेत बच्नुपर्ने बेला आएको बताए । विभिन्न रोगहरूको प्रकोप पनि उत्तिकै जोखिमपूर्ण रहेकोले प्राकृतिक विपद्को बेलामा त्यसतर्फ पनि सचेत हुनुपर्ने सभापति रिमालको भनाइ छ ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...