#
गृह पृष्ठ मेलापत मोदी गाउँपालिकामा कर्मचारीहरु बिलखबन्दमा परे। कर्मचारी संगठनको आपत्ती

मोदी गाउँपालिकामा कर्मचारीहरु बिलखबन्दमा परे। कर्मचारी संगठनको आपत्ती

पर्वत- मोदी गाउँपालिकाले लामो समयदेखि करार सेवामा कार्यरत कर्मचारीहरुलाई एक्कासी बिना सुचना बर्खास्त गरेकोप्रति नेपाल निजामती कर्मचारी संगठन पर्वतले आपत्ति जनाएको छ । विना तयारी र सूचना साउन १ गतेदेखि गाउँपालिकाको कार्यालय, र मातहतका कार्यालयमा कार्यरत सेवा करारका कर्मचारीका साथै स्वास्थ्यकर्मीलाई सेवाबाट हटाउने व्यहोराको सुचना प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै उक्त निर्णय फिर्ता लिन माग गरेको छ ।

नेपाल निजामती कर्मचारी संगठन पर्वतले सोमवार विज्ञप्ती जारी गरी पेशागत आन्दोलनको मर्म विपरित हुने गरी पविभिन्न बहानामा लामो समय देखि कार्यरत कर्मचारीहरु माथि भएको निन्दनिय कार्य तत्काल बन्द गर्दै श्रम ऐनको पालना र श्रमको सम्मान गर्दै फिर्ता लिन आग्रह गरेको हो । संगठनका जिल्ला अध्यक्ष दिपक सुवेदी र सचिब सन्तोष थापाद्धारा जारी विज्ञप्तीमा बर्खास्त गरिएको भनिएका कर्मचारीलाई तुरुन्त काममा फर्काउन माग गरिएको छ ।

गाउँपालिकामा लामो समयदेखि कार्यरत कर्मचारीको विकलपमा पुनः करार कर्मचरी नियुक्त गर्ने सुनियोजित खेल भैरहेको भन्दै यस्तो कार्य संगठनको निम्ति स्वीकार नहुने र उक्त मागलाई वेवास्ता गरेमा जस्तोसुकै परिस्थिति सिर्जना हुन सक्ने चेतावनी समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संघीयता कार्यान्वयनको क्रममा तत्कालीन जिल्ला कर्मचारी व्यवस्थापन समितिले गरेको निर्णयअनुसार कामकाजमा अटिएका कर्मचारीहरुलाई विभिन्न बहानामा विना छलफल पदबाट हटाउनु र यसवाट उत्पन्न हुने विषम परिस्थितिप्रति जनप्रतिनिधि र स्थानीय सरकार गम्भिर नहुनु आश्चर्यलाग्दो अवस्था रहेको भन्दै यो समस्याको तुरुन्त समाधानगर्न पनि संगठनले जोडदार माग गरेको छ ।  गाउँ कार्यपालिकाले एकैपटक ४० भन्दा बढि कर्मचारी हटाउने निर्णय गरेको बताईएको छ । यो निर्णयसँगै लामो समयदेखि सेवा गर्दै आएको कर्मचारीहरु बिलखबन्दमा परेका छन् ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...