#
गृह पृष्ठ मेलापत नेपाली काँग्रेस पर्वतका सभापति जोशीलाई देउवाको सम्मान

नेपाली काँग्रेस पर्वतका सभापति जोशीलाई देउवाको सम्मान

पर्वत – नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीलाई नेपाली काँग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले सम्मान गरेका छन् ।
पठन संस्कृतिको विकास गर्नको लागि नेपाली काँग्रेसले सञ्चालन गरेको ‘नेपाली काँग्रेस पुस्तकालय व्यवस्थापन कोष’ मा सभापति जोशीले गरेको आर्थिक सहयोगको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।
नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा आयोजना भएको एक कार्यक्रमकाबीच  केन्द्रीय सभापति देउवाले पार्टीका पदाधिकारी तथा केन्द्रीय नेताहरू सहितको सहभागितामा उक्त सम्मान गरेका हुन् । पर्वतका सभापति जोशीलाई सम्मान गर्दै केन्द्रीय सभापति देउवाले पार्टीको ज्ञान, अनुसन्धान र सैद्धान्तिक विकासमा योगदान पु¥याउने पहलले समग्र नेपाली काँग्रेसलाई मात्र नभई समग्र लोकतान्त्रिक आन्दोलनलाई नै थप सशक्त बनाएको बताएका छन् ।
‘नेपाली काँग्रेस पुस्तकालय व्यवस्थापन कोष’  मा प्रदान गर्नुभएको उल्लेखनीय आर्थिक सहयोगका लागि तपाईँलाई नेपाली काँग्रेस केन्द्रीय कार्यालयबाट प्रदान गरिएको सम्मान अत्यन्तै प्रशंसनीय छ । पार्टीको ज्ञान, अनुसन्धान, र सैद्धान्तिक विकासमा योगदान पु¥याउने तपाईँको यो पहलले समग्र नेपाली काँग्रेसलाई मात्र नभई समग्र लोकतान्त्रिक आन्दोलनलाई नै थप सशक्त बनाएको छ’, सम्मान पत्रमा भनिएको छ, ‘तपाईँको यो कार्यले वर्तमान तथा भावी पुस्तालाई मार्गदर्शन गर्नेछ भन्ने हामीलाई विश्वास छ ।’
पठन संस्कृतिको विकासको लागि नेपाली काँग्रेसले चलाइरहेको अभियानमा आफूले पनि साथ दिन पाउनु खुसीको कुरा भएको काँग्रेस पर्वतका सभापति जोशीले बताएका छन् । अध्ययनबिना ज्ञान अधुरो रहने भएकोले हरेक ज्ञानलाई पूर्ण बनाउनको लागि हरेक व्यक्तिले अध्ययन संस्कारको विकासमा सहयोग गर्नु आवश्यक रहेको बताउँदै जोशीले आफू पनि त्यसैको हिस्सा बन्न पाउँदा खुसी लागेको बताए ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...