#
गृह पृष्ठ मेलापत पहिरोले पुर्दा मोटरसाइकलमा सवार श्रीमानको मृत्यु, श्रीमती घाइते

पहिरोले पुर्दा मोटरसाइकलमा सवार श्रीमानको मृत्यु, श्रीमती घाइते

पाल्पा – सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–दोभान खण्डको सिद्धबाबामा खसेको पहिरोले पुर्दा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।

प्रहरी चौकी दोभान पाल्पाका प्रहरी नायब निरीक्षक रूम केसीका अनुसार तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै सडक माथिबाट पहिरो खस्दा उक्त दुर्घटना भएको हो ।

पहिरोमा परेर लु ५१ प ६६३३ नम्बरको मोटरसाइकलमा बुटवलबाट पाल्पा जाँदै गरेका रामपुर नगरपालिका–६ तालपोखरा बस्ने ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि बसेकी जनककी श्रीमती २९ वर्षीया कल्पना चापागाईं घाइते भएकी छन् ।

प्रहरीका अनुसार मंगलबार दिउँसो ४ बजेतिर झरेको पहिरोमा परेका जनकलाई सडकदेखि ३५ मिटर तल भिरबाट उद्धार गरिएको थियो ।

घटना भएको १५–२० मिनेटभित्रै पहिरोले पुरिएको अवस्थाबाट उद्धार गरिएका जनकलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते भएकी कल्पनाको बुटवलमा उपचार भइरहेको प्रहरी नायब निरीक्षक केसीले जानकारी दिए ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...