#
गृह पृष्ठ मेलापत टिकटक खरिद गर्दै माइक्रोसफ्ट कम्पनी, ट्रम्पले गरे समर्थन

टिकटक खरिद गर्दै माइक्रोसफ्ट कम्पनी, ट्रम्पले गरे समर्थन

अमेरिकी कम्पनी माइक्रोसफ्टका लागि चिनियाँ एप टिकटक खरिद गर्ने मार्ग प्रसस्त भएको छ ।

अमेरिकामा टिकटकको व्यवसाय खरिद गर्ने माइक्रोसफ्टको योजनाप्रति नकारात्मक रहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विरोध फिर्ता लिएसँगै माइक्रोसफ्टका लागि टिकटक किन्ने बाटो खुलेको हो । तथापि ट्रम्पले टिकटकको मातृ कम्पनी बाइटडान्स र माइक्रोसफ्टबीच हुने उक्त सम्झौताका क्रममा अमेरिका सरकारलाई पनि विशेष हिस्सा प्रदान गरिनुपर्ने बताएका छन् ।

यसअघि गत हप्तामात्रै ट्रम्पले अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए । ट्रम्पको चेतावनीका बाबजुत पनि माइक्रोसफ्टले भने टिकटक खरिदको सम्झौताका विषयमा कुराकानी जारी राखेको बताएको थियो ।

माइक्रोसफ्टका सीईओ सत्या नाडेलाले आइतबार अमेरिकी राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए । सोही कुराकानी पश्चात् राष्ट्रपति ट्रम्प टिकटकमाथि प्रतिबन्ध लगाउने कदमबाट पछाडि हटेका हुन् । राष्ट्रपति ट्रम्पको सुरक्षा सम्बन्धी चासोलाई महत्व दिने कदमप्रति पूर्ण रुपमा सहयोग गर्ने माइक्रोसफ्टले जनाएको छ ।

माइक्रोसफ्टका अनुसार उसले टिकटक खरिद गरेसँगै उक्त एपको सुरक्षाका विषयमा पूरै समीक्षा गर्नेछ । माइक्रोसफ्टले एक ब्लगमा भनेको छ, ‘टिकटक खरिदको सम्झौताबाट अमेरिकालाई हुने आर्थिक लाभका विषयमा पनि अमेरिकी सरकारलाई सविस्तार बताइनेछ ।’

आगामी सेप्टेम्बर सम्ममा टिकटक खरिदका विषयमा उसको मातृ कम्पनी बाइट डान्ससँग सम्झौता पूरा हुने विश्वास माइक्रोसफ्टको छ । यद्यपि टिकटक खरिदको कुराकानी अहिले प्रारम्भिक अवस्थामा रहेको हुनाले खरिद बिक्री सम्झौता भैहाल्छ भनेर शतप्रतिशत भन्न सकिने अवस्थाचाहिँ छैन ।

अमेरिकासँगै क्यानडा, अष्ट्रेलिया र न्युजिल्याण्डको बजारमा टिकटकको अधिकार खरिद गर्न चाहेको माइक्रोसफ्टले जनाएको छ ।

टिकटकमा लगानीका लागि माइक्रोसफ्टले अन्य अमेरिकी लगानी कर्ताहरुसँग पनि आह्वान गर्ने बताइएको छ ।

सबै अमेरिकी टिकटक प्रयोगकर्ताहरुका डाटा अन्य मुलुकबाट अमेरिकामा स्थानान्तरण गरिसकिएको र अब ती डाटा अमेरिकामै रहने पनि माइक्रोसफ्टले जनाएको छ ।

अमेरिका बाहिर संग्रहित रहेका डाटाहरु अमेरिकाको डाटा सेन्टरमा स्थानान्तरण भएसँगै ती मुलुकमा रहेका अमेरिकी प्रयोगकर्ताका डाटाहरु हटाइने उसको भनाइ छ ।

माइक्रोसफ्टले भनेको छ, ‘देशलाई मबजुत सुरक्षा प्रदान गर्नका लागि राष्ट्रपति ट्रम्पको निजी पहलको सह्राना गर्दछौँ ।’

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...