#
गृह पृष्ठ मेलापत भेटेरिनरी एशोसिएसन (एनभिए) को केन्द्रीय अध्यक्षमा ,पर्वतका डा. केदार सुवेदी निर्वाचित

भेटेरिनरी एशोसिएसन (एनभिए) को केन्द्रीय अध्यक्षमा ,पर्वतका डा. केदार सुवेदी निर्वाचित

काठमाडौं- नेपालका भेटेरिनरी डाक्टरहरुको संस्था नेपाल भेटेरिनरी एशोसिएसन (एनभिए) को केन्द्रीय अधिवेशनबाट डा. केदार सुवेदी अध्यक्षमा विजयी भएका छन् । डाक्टर सुवेदी नेपाली काँग्रेस पर्वतका महाधिवेशन प्रतिनिधि र नेपाल तरूण दलका केन्द्रीय सदस्य समेत हुन् । लामो समयदेखि नेवि संघको राजनीतिमा सक्रिय रहँदै आएका सुवेदी काँग्रेसको युवा राजनीतिमा पनि निकै लोकप्रिय मानिन्छन् ।

कूल ७१२ जना मतदाता रहेकोमा अध्यक्ष पदका लागि भएको मतगणनामा डा. सुवेदीले ३०३ मत प्राप्त गरी आफ्ना निकटतम प्रतिस्पर्धी डा. केदारराज पाण्डेलाई पछि पारेका हुन्। डा. पाण्डेले २१६ मत प्राप्त गर्दा अर्का उम्मेदवार डा. उमेश दाहालले १७० मत ल्याएका छन्।

अन्य पदमा निर्वाचित हुनेहरूमा महासचिवमा डा. शंकर न्यौपाने ३४१ मत र कोषाध्यक्षमा डा. विकास श्रेष्ठ ३६७ मतरहेको छ।

सदस्य पदमा डा. गणेश रानाभाट ३७१ मत, डा. सुशीलकुमार राई ३५४ मत, डा. नविन पन्थी ३३९ मत, डा. साधना घिमिरे ३३९ मत, डा. सरद नरसिंह अमात्य ३०७ मत, डा. दिनेश अर्याल ३८९ मत सहित विजयी भएका छन्।

अधिवेशनको उद्घाटन समारोहमा कृषिमन्त्री रामनाथ अधिकारीले छात्रवृत्तिमा अध्ययन गरेका पशु चिकित्सकहरूले मेडिकल चिकित्सकहरूजस्तै गाउँ-गाउँमा पुगेर सेवा गर्नुपर्नेमा जोड दिएका छन्। उनले “एक स्थानीय तह, एक पशु चिकित्सक” कार्यक्रम कार्यान्वयनका लागि बजेट व्यवस्था भइसकेको जानकारी दिँदै एनभिएसँग आवश्यक समन्वय र सहयोगको अपेक्षा राखेका थिए।

मन्त्री अधिकारीले हालै नेपाल–चीनबीच भएको भैंसीको मासु निर्यात सम्झौता र देशको पशुपालन व्यवसायमा आत्मनिर्भरता हासिल भएको कुरा उल्लेख गर्दै पशुजन्य उत्पादनको निर्यात वृद्धि तथा कृषकको आयवृद्धिमा पशु चिकित्सकहरूको योगदान महत्त्वपूर्ण रहेको बताए।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...