#
गृह पृष्ठ मेलापत राष्ट्रिय युवा संघ पर्वतले मनायो आफ्नो स्थापना दिवस !संस्कृत पाठशालामा खाद्यान्न वितरण

राष्ट्रिय युवा संघ पर्वतले मनायो आफ्नो स्थापना दिवस !संस्कृत पाठशालामा खाद्यान्न वितरण

पर्वत- राष्ट्रिय युवा संघ नेपालको ३६ औं स्थापना दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल, पर्वतले कुश्मा नगरपालिका–५ स्थित गुप्तेश्वर वेदबेदांग संस्कृत पाठशालामा खाद्यान्न वितरण गरेको छ ।

स्थापना दिवसमा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने उद्धेश्यले चामल, दाल, तेल चीनि, गेडागुडी जस्ता खाद्यान्न वितरण गरेको हो । राष्ट्रिय युवा संघ पर्वतका अध्यक्ष विनोद थापा र एमाले नेतृ कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले पाठशालाका बटुकलाई खाद्यान्न हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानि रिजालले युवाहरु मुलुक परिवर्तनको संवाहक रहेको बताउनुभयो । आज हरेक दिनजसो युवा पुस्ता विदेश पलायन भैरहेका बेला स्वदेशमै केहि गर्नुपर्छ भनेर राष्ट्रिय युवा संघमा गोलबन्द युवाहरुले पाठशालालाई गरेको सहयोगको उच्च प्रसंसा गर्नुभएको छ ।

उहाँले संस्कृत भाषा, धर्म, संस्कार र मुल्यहरूको संरक्षण तथा संवद्र्धनमा संस्कृत पाठशालाहरूले खेलिरहेको भूमिकाप्रति सम्मान व्यक्त गर्दै भन्नुभयो “संस्कृत पाठशालाहरू हाम्रो मौलिक परिचयका आधार हुन्। यस्ता संस्थाहरूमा खाद्यान्न जस्ता सहयोग गर्नु युवा संघका सदस्यहरूले देखाएको सकारात्मक र प्रेरणादायी पहल हो । स्थानीय सरकार र युवाबीच सहकार्य आवश्यक छ, जसबाट दीर्घकालीन परिवर्तन सम्भव छ ।“

उहाँले यस्ता कार्यहरूले युवामा सामाजिक उत्तरदायित्वको भावना बढ्ने र भविष्यमा अझ ठूला योजनाहरू सफलतापूर्वक कार्यान्वयन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राष्ट्रिय युवा संघ पर्वतका सचिव प्रकाश थकालीले राख्नुभएको थियो । उहाँले युवा संघले केवल राजनैतिक गतिविधिमा मात्र सीमित नरही समाजसेवामूलक कार्यहरूमा पनि सक्रियता बढाइरहेको बताउनुभयो ।

कार्यक्रमको सञ्चालन रामसागर लामिछानेले गर्नुभएको थियो । राष्ट्रिय युवा संघ पर्वतका अध्यक्ष बिनोद थापाले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै यस्ता गतिविधिमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । खाद्यान्न वितरण कार्यक्रममा संघका पदाधिकारीहरू, सदस्यहरू, पाठशालाका विद्यार्थी, गुरुजन तथा स्थानीय नागरिकहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकहरूले बताएका छन् ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...