#
गृह पृष्ठ मेलापत क्षत्री समाज गण्डकीको पूर्ण बैठक पर्वतमा सम्पन्न

क्षत्री समाज गण्डकीको पूर्ण बैठक पर्वतमा सम्पन्न

पर्वत- क्षत्री समाज नेपाल गण्डकी प्रदेश समितिको पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम पर्वतको कुश्मामा सम्पन्न भएको छ ।  बैठकमा क्षत्री समाज नेपाल गण्डकी प्रदेशका जिल्ला अध्यक्ष, पदाधिकारी र सदस्यलाई सम्बोधन गर्दैै समाजका केन्द्रीय उपाध्यक्ष अमृता बानियाँले क्षेत्री समाज नेपाल क्षेत्रीका छोराछोरीलाई संगठित गर्ने अभियानमा लागेको बताउनु भएको छ ।

उहाँले समाजले क्षत्रीका नयाँ पुस्तालाई समाजको संस्कृति संस्कार, परम्परा र अभियान र आन्दोलनको बारे जानकार बनाउनका लागि पनि क्षत्रीका छोराछोरी संगठित गर्न लागिएको बताउनु भयो । उहाँले समाजका महिला र बालबालिकालाई ढाला र तरबारको खेल सिकाउने, विभिन्न विषयमा प्रशिक्षित गरेर अगाडी बढ्ने योजना र कार्यक्रम ल्याएको समेत बताउनु भयो ।

सो अवसरमा समाजका केन्द्रिय महासचिव कृष्ण थापाले समाजले प्रशिक्षण विभाग गठन गरेर प्रदेश, जिल्ला र वडा स्तरसम्मै प्रशिक्षण कार्यक्रम गर्ने योजना बनाएको बताउनु भएको थियो । उहाँले समाजलाई संगठित र अझै मजबुत बनाउनका लागि विभिन्न १ सय ४२ थरका क्षत्रीहरुलाई क्षत्री समाजमा आवद्ध हुन आव्हान गर्ने समेत बताउनु भयो । थर थरका समाज गठन गरेर सक्रियताका साथ काम गरिरहेका क्षत्रीहरुलाई क्षत्री समाजमा पनि जोडेर राष्ट्रिय भेलाको आयोजना गरिने उहाँको भनाई थियो ।

गण्डकी प्रदेशका विभिन्न जिल्लाका जिल्ला अध्यक्षहरुले जिल्लाको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।  बैठकमा केन्द्रिय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज सेती महत र सम्पूर्ण जिल्ला अध्यक्षको तर्फबाट क्षत्री समाज बागलुङका अध्यक्ष रुद्र महतले बोल्नु भएको थियो ।

पूर्ण बैठकसहित आयोजना गरिएको प्रशिक्षणमा कार्यक्रममा क्षत्री समाज बागलुङका संस्थापक रामबहादुर जि.सी, क्षत्री पत्रकार समाज बागलुङका उपाध्यक्ष सिर्जना पन्त र सन्दिप थापाले प्रशिक्षण दिनु भएको थियो । जिसीले उत्प्रेरणा, सामाजिक सञ्जालको प्रयोग, पन्तले संगठन र समाज निर्माणमा महिलाको भूमिका, चुनौतिको विषयसहित थापाले ध्यानको विधिबाट कसरी शान्त हुने भन्ने विषयमा प्रशिक्षित गर्नु भएको थियो ।

क्षत्री समाज नेपाल गण्डकी प्रदेशले प्रत्येक तीन महिनामा घुम्ती बैठकको आयोजना गर्दै आएको छ । समाजले पूर्ण बैठक सहित विभिन्न विषयमा प्रशिक्षण समेत गर्दै आएको छ । २०८२ सालको पहिलो बैठक पर्वतमा आयोजना गरेको समाजले आगामी बैठक बागलुङ जिल्लामा गर्ने निर्णय गरेको क्षत्री समाज नेपालका गण्डकी प्रदेश अध्यक्ष इन्द्रमान खत्रीले जानकारी दिनुभयो ।

बैठक तथा प्रशिक्षण कार्यक्रम क्षेत्री समाज नेपाल गण्डकी प्रदेशका अध्यक्ष इन्द्रमान खत्रीको अध्यक्षता, क्षत्री समाज नेपाल पर्वतका अध्यक्ष सरस्वती भण्डारीको स्वागत तथा प्रदेश सचिव कृष्ण बहादुर घिमिरे र पर्वतका सचिव कमल जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...