#
गृह पृष्ठ खेलकुद गण्डकीका खेलकुद विकास समितिमा कांग्रेस र एमालेको भागबण्डा, कुन जिल्ला कसलाई ?

गण्डकीका खेलकुद विकास समितिमा कांग्रेस र एमालेको भागबण्डा, कुन जिल्ला कसलाई ?

पोखरा – गण्डकीको जिल्ला खेलकुद विकास समितिमा सत्ता साझेदार दल नेपाली काँग्रेस र नेकपा एमालेले भागबण्डा गरेका छन् । ११ जिल्लामध्ये काँग्रेसले ६ जिल्ला र एमालेले ५ जिल्ला भाग लगाएका हुन् । ६ वटा जिल्लामा काँग्रेसका अध्यक्ष, कोषाध्यक्ष र बाँकी जिल्लामा उपाध्यक्ष र सचिव सहित सदस्यहरू पाउने छ ।

यस्तै, ५ जिल्लामा एमालेले अध्यक्ष र कोषाध्यक्ष तथा बाँकी जिल्लामा उपाध्यक्ष र सचिव पाउने छ । ८ वटा जिल्लामा पदाधिकारी र सदस्यहरू टुंगिएका छन् । कास्की, मनाङ, स्याङ्जा, गोरखा, बागलुङ र म्याग्दीमा काँग्रेसले नेतृत्व पाएको छ भने तनहुँ, लमजुङ, नवलपुर, पर्वत र मुस्ताङमा एमालेले नेतृत्व पाएको छ ।

कास्कीको अध्यक्षमा मिलन गुरुङ र कोषाध्यक्षमा विगनेस थापा चयन भएका छन् । एमालेबाट उपाध्यक्षमा तिलक अधिकारी क्षेत्री र सचिवमा अन्जु क्षेत्री चयन भए । स्याङ्जाको अध्यक्षमा प्रकाश रेग्मी दोहोरिए । कोषाध्यक्षमा धिरज खाँण आए । उपाध्यक्षमा विजय विक्रम खाँण, सचिवमा विद्यादेवी भट्टराई चयन भए ।

गोरखाको अध्यक्षमा प्रेमबहादुर तामाङ, उपाध्यक्षमा मुकेश बानियाँ, सचिवमा अमृता गुरुङ र कोषाध्यक्षमा होमबहादुर थापा मगर चयन भए । म्याग्दीको अध्यक्षमा सुमन श्रेष्ठ, उपाध्यक्षमा विष्णु कुमार रोक्का, सचिवमा कुमार किसान र कोषाध्यक्षमा नरेश पुन चयन भएका छन् ।

तनहुँको अध्यक्षमा अनिल पाण्डे दोहोरिँदा उपाध्यक्षमा इनकन पोख्रेल खनाल, सचिवमा विश्वकुमार बुढा र कोषाध्यक्षमा कविराज श्रेष्ठ तथा पर्वतको अध्यक्षमा जङ्गबहादुर पुनमगर, उपाध्यक्षमा राजन गुरुङ, सचिवमा सपना पुर्जा पुनमगर र कोषाध्यक्षमा जगतप्रसाद लामिछाने चयन भएका छन् । लमजुङको अध्यक्षमा सुमन श्रेष्ठ, उपाध्यक्ष अमृता पौडेल, सचिवमा मीनप्रसाद घले र कोषाध्यक्षमा रवि थापा चयन भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बागलुङको अध्यक्ष र कोषाध्यक्ष बाहेक अरू पद टुंगिएको छ । उपाध्यक्षमा कल्पना श्रेष्ठ र सचिवमा किशोर थापाको नाम टुंगो लागेको छ भने मनाङ, मुस्ताङ र नवलपुरमा कुनै निर्णय भएको छैन । नवनियुक्त पदाधिकारीहरूलाई प्रदेश खेलकुद परिषद्का अध्यक्ष श्रीधर शर्माले शपथ गराए । नयाँ नियुक्त भएका जिल्लामा फागुन ९ गतेदेखि पदाधिकारी रिक्त थिए ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...