#
गृह पृष्ठ मनोरन्जन बागलुङमा ‘चैते दशै मेला’ आज देखि सुरु।

बागलुङमा ‘चैते दशै मेला’ आज देखि सुरु।

बागलुङ- चैते दशैंको अवसरमा बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा परम्पराकालदेखि ठूलो मेला लाग्ने गरेको छ । बागलुङ चिनाउने मेलाका रुपमा समेत चैते दशै मेलालाई लिइने गरिन्छ ।नेपालकै महवपूर्ण मेलाहरु मध्येको एक चैत्राष्टमी मेला यसवर्ष चैत्र २० गतेदेखि २५ सम्म आयोजना गर्न थालिएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । हरेक वर्षको चैतेदशैँको अवसर पारेर प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका भगवती मन्दिरको परिसरमा मेला आयोजना गरिने गरिन्छ । चैते दशैंका अवसमार कालिका भगवती मन्दिर दर्शनका लागि लाखौं दर्शनार्थीहरु आउने गरेका छन् ।

पर्यटन प्रवर्द्धन, संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रचारप्रसार र परम्पराको निरन्तरता दिने उद्देश्यले मेला आयोजना गरिँदै आएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । पछिल्ला वर्षहरूमा विभिन्न ठाउँहरुमा व्यापारिक मेलाहरु आयोजना हुने गरेको भएपनि नेपालकै प्राचीन मेला मानिएको यो मेलाको आफ्नै महत्व र इतिहास रहेको पाका पुरानाहरु बताउछन् ।

पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजो दिएको कालिका मूर्ति घना जङ्गलको बीचमा बिसाएर उठाउन खोज्दा नसकेपछि सोही ठाउँमा स्थापित गरि पूजा गर्ने चलन बसेको मन्दिरको अभिलेखमा उल्लेख छ । चैते दशै मेलामा घरायसी प्रायोजनका सामाग्रीहरु डाला, नाङ्ला, ठेका, हातहतियार लगायतका बस्तुहरुको परम्पराकालदेखिनै किनमेल हुने गरेको छ । चैते दशैमा बागलुङ कालिका मन्दिरमा टाढा–टाढाका जिल्ला र भारतबाट समेत भक्तजनहरुको आगमन हुने गरेको छ । यस वर्ष मेलाको अवसरमा धार्मिक सम्मेलन समेत हुँने जनाइएको छ ।

मेलामा पुरुष भलिवको बिजेतालाई नगद २ लाख ट्रफि, मेडल र प्रमाण पत्र, द्धितीय हुनेलाई नगद १ लाख ट्रफि, मेडल र प्रमाण पत्र, सेमिफाइनल पुग्ने समुहलाई नगद २५ हजार सहित मेडल र प्रमाणपत्र तथा उत्कृष्ट खेलाडिलाई नगद ५ हजार, ट्रफि र प्रमाण पत्र प्रदान गरिने भएको छ ।

छुटाउनुभयो कि?

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...