#
गृह पृष्ठ मेलापत बागलुङमा खानेपानी मुहानमा दिशामा पाइने जीवाणु भेटियो

बागलुङमा खानेपानी मुहानमा दिशामा पाइने जीवाणु भेटियो

बागलुङ – जिल्लाका एक सय छ खानेपानी मुहानमा दिशामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकासहित जिल्लाका १० स्थानीय तहका विभिन्न दुई सय ८५ स्थानमा कोलिफर्म परीक्षण गरेको थियो ।

सबैभन्दा बढी जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाको खानेपानीमा कोलिफर्म भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रयोगशाला प्राविधिक डिल्ली आचार्यले जानकारी दिए । उनका अनुसार काठेखोलामा ४७ वटा मुहानमा परीक्षण गरेकामा २७ वटा र जैमिनीमा एक सय छ वटा मुहानमा परीक्षण गरेकामा ४४ वटामा भेटिएको हो । परीक्षणको दायरा बढाए अझै धेरै मुहानमा कोलिफर्म भेटिन सक्ने आचार्यको भनाइ छ ।

जनस्वास्थ्य कार्यालयले जिल्लाको निसीखोला, तमानखोला, ताराखोला, बरेङ, बडिगाड गाउँपालिका, गलकोट नगरपालिका, ढोरपाटन र बागलुङ नगरपालिकाका खानेपानीमा कोलिफर्म परीक्षण गरिरहेको छ । धेरै ठाउँबाट परीक्षण गर्न आग्रह गरेकाले बिस्तारै सबै स्थानीय तहमा परीक्षण गरिने उनको भनाइ छ ।

आचार्यले भने, “हामीले जिल्लाको धेरै ठाउँमा पुगेर खानेपानीको मुहान परीक्षण गर्दा कोलिफर्म फेला परेको छ, कोलिफर्म भएको पानी पिउनका लागि उपयुक्त हुँदैन, यस्तो पानी पिउँदा झाडापखाला, हैजा, टाइफाइड, जण्डिस, हेपाटाइटिस बीलगायत पानीजन्य रोग लाग्छ, त्यसले गर्दा जनस्वास्थ्य कार्यालयले जनचेतना मूलक कार्यक्रम गरी रहेको छ ।”

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले पालिकाले ‘वास प्लान’ बनाएको र सोहीअनुसार मुहान सरसफाइ र संरक्षणमा लाग्ने बताउनुभयो । कोलिफर्म देखिएको मुहानलाई व्यवस्थित गरी आमनागरिकलाई पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न जनचेतना फैलाउने उनको भनाइ छ ।

“कोलिमर्फ नियन्त्रणका लागि नगरपालिकाबाट हुने प्रयास गर्छौँ, अन्य निकायबाट प्राविधिक सहयोग लिन्छौँ, कोलिफर्मबाट पर्ने असरबाट बच्न आम नागरिकलाई सचेत बनाउँछौँ”, उपप्रमुख शर्माले भने, “धेरै मुहानमा कोलिफर्म भेटिएकाले पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्नुपर्ने हुन्छ, यसप्रति हामी गम्भीर भएका छौँ ।”

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...