#
गृह पृष्ठ खेलकुद पाकिस्तान पुगेर नेपालका लागि पदक जितेका परियारलाई ,स्टार ग्रुपले गर्यो सम्मान !

पाकिस्तान पुगेर नेपालका लागि पदक जितेका परियारलाई ,स्टार ग्रुपले गर्यो सम्मान !

पर्वत – पाकिस्तान पुगेर नेपालका लागि पदक जितेका पर्बत कुश्मा निवासी आफ्नो ग्रुपका सदस्य कृष्ण परियारलाई स्टार ग्रुप पर्बतले एक कार्यक्रमका बिच सम्मान गरेकोछ।

करिब दुई हप्ता अगाडि पाकिस्तानमा सम्पन्न भएको क्रस कन्ट्री च्याम्पियनसिपमा कांस्य पदक जितेका कुश्माका कृष्ण बहादुर परियारलाई ग्रुपले बाइक र्यालिको साथमा कुश्मा बजार परिक्रमा गरेर खुसियाली मनाउदै सम्मान गरेको थियो।

परियालाइ सम्मान पत्रले सम्मान गर्दै स्टार ग्रुप पर्बतका अध्यक्ष कृष्ण पुनले यो पर्बतको लागि खुसिको खबर भएको र आगामी दिनमा पनि भाइको उज्जल भबिस्यको कामना सहित ,परियारले जितेको पदकले अन्य साथिहरुलाइ पनि हौसला र प्रेरणा मिल्ने बताए ।

गत फागुनको नौ गतेदेखि १२ गतेसम्म पाकिस्तानको इस्लामावादमा सात राष्ट्रहरू सहभागी भएको एथ्लेटीक्समा परियारले आठ किलोमिटर लामो समूह दौडमा कांस्य पदक जितेका थिए । कुश्मा नगरपालिका–४ घर भई कुश्माकै विद्यालयमा अध्ययन गरेका परियारले अन्तर्राष्ट्रिय खेलबाट देशलाई पदक जिताउन सफल भयका हुन।

पदक विजेता परियारले २०७५ सालदेखि नै कुश्मा नगरपालिकाबाट राष्ट्रपति रनिङ शिल्डमा तीन हजार मिटर र १५ सय मिटरको लामो दौडमा स्वर्ण पदक जित्दै आएका खेलाडी हुन् । सुरुमा कुश्माको नारायण माध्यमिक विद्यालयमा अध्ययन गरेका उनले एस.ई.ई. भने कालीगण्डकी एकेडेमीबाट गरेका थिए । हाल उनी पोखरा स्थित कालिका माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत छन् ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...