#
गृह पृष्ठ मनोरन्जन पंगेनीको हिन्दू र मुस्लिमबिचको प्रेम सम्बन्ध गाँसिएको म्युजिक भिडियो ‘कन्या राशी’(भिडियो सहित)

पंगेनीको हिन्दू र मुस्लिमबिचको प्रेम सम्बन्ध गाँसिएको म्युजिक भिडियो ‘कन्या राशी’(भिडियो सहित)

काठमाडौं – गायक बद्री पंगेनीको हिन्दू र मुस्लिमबिचको प्रेम सम्बन्ध गाँसिएको म्युजिक भिडियो ‘कन्या राशी’ सार्वजनिक भएको छ । नारायण ज्ञवालीको शब्द रहेको गीतमा पंगेनी र चर्चित गायिका समीक्षा अधिकारीको स्वर रहेको छ ।

राजनीतिमा सक्रिय रहेकी गायक बद्री पंगेनीकी छोरी बिहानीले ‘कन्या राशी’बाट अभिनय सुरु गरेकी छन् । बीएएलएलबी अध्ययनरत बिहानीले सत्तारुढ दल नेकपा एमाले निकट अनेरास्ववियुकी केन्द्रीय सदस्य पनि हुन् ।

प्रशान्त मगरको नृत्य निर्देशन रहेको गीतको भिडियोमा बिहानीसँगै अशोक पंगेनी, हमिद मियाँ, भवानी पंगेनी, श्याम पटेलको नृत्य तथा अभिनय रहेको छ ।

गीतको भिडियोमा हिन्दू समुदायको युवती र मुसलमान समुदायको युवकबीचको प्रेम सम्बन्धलाई देखाइएको छ । यसअघि सामाजिक र राजनीतिक सन्देश दिने गीत प्रस्तुत गर्दै आएका पंगेनीले यस पटक भने फरक समुदायका केटाकेटीबिचको प्रेम सम्बन्धलाई समेटेर नयाँ गीत ल्याएका हुन् । उक्त गीतको भिडियोमा गायक पंगेनीले आफ्नै छोरी बिहानीलाई अभिनय गराएका छन् ।

गीतको भिडियोको निर्देशन र गीतमा संगीत पनि गायक पंगेनीले नै गरेका छन् । गीत पंगेनीकै युट्युब च्यानलबाट बिहीबार सार्वजनिक भएको हो ।

गीतबारे गायक पंगेनीले नेपाल प्रेससँग प्रतिक्रिया दिँदै भने, ‘मैले नेपालमा एकदमै धार्मिक सहिष्णुता पाउँछु । नेपालमा अहिलेसम्म मुस्लिम र हिन्दूबिचमा सामाजिक सद्भाव एकदमै लोभलाग्दो छ । त्यसैलाई देखेर यो गीत फुरेको हो । मेरै दिदीबहिनीको पनि मुस्लिमसँग विवाह भएको छ ।’

छोरीलाई भिडियोमा खेलाउन बल गरेको कि छोरीले नै रहर गरेको भन्ने प्रश्नमा उनले भने, ‘छोरी नै खेल्ने भन्ने थिएन, एउटा रहरमात्रै पूरा गर्छु भन्यो । छोरीले नृत्य गर्छ भन्ने पनि थाहा थिएन । सुटिङमा त राम्रै नृत्य ग¥यो । पछि अलिकति नृत्य गर्ने खालकै बनाउन पाए हुन्थ्यो जस्तो पनि लाग्यो ।’

बिहानीले पनि उक्त गीत आफूलाई धेरै मनपरेकाले रहर नै गरेर खेलेको नेपाल प्रेससँग बताइन् । उनले भनिन्, ‘यो गीत मलाई धेरै मन परेको हो । रहर पहिलेदेखि थियो । म्युजिक भिडियोमा खेल्ने रहन अब यसै गीतमा नै पूरा गर्नुपर्छ भनेर गरिहालें । करियर नै त त्यतातिर सोचेको छैन ।’

गीत सार्वजनिक भइसकेपछि कस्ता प्रतिक्रिया आएका छन् भन्ने प्रश्नमा उनले भनिन्, ‘धेरैले राम्रो प्रतिक्रिया दिनुभएको छ । मलाई एक हिसाबले राम्रै गरेको रहेछु भन्ने महसुस भएको छ । हामीले सोचेका थिएनौं भन्ने खालको प्रतिक्रिया पनि आएको छ ।’

भिडियो

नेपाल प्रेसबाट

छुटाउनुभयो कि?

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...