#
गृह पृष्ठ मेलापत फलेवासको लमाएमा एमालेको धान रोपाई कार्यक्रम सम्पन्न

फलेवासको लमाएमा एमालेको धान रोपाई कार्यक्रम सम्पन्न

पर्वत –नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ फलेवास नगर कमिटिको आयोजनामा धान रोपाई कार्यक्रम सम्पन्न भएको छ ।

फलेवास नगरपालिका वडा नं. ५ लमाएखोलामा आयोजित रोपाई कार्यक्रम उल्लासमय रुपमा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटि अध्यक्ष नबराज शर्माले कृषि प्रधान देश नेपालमा अन्नवालीको उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । अहिलेपनि विभिन्न मुलुकवाट बार्षिक अरबौको धान नेपाल भित्रिने गरेको बताउँदै अध्यक्ष शर्माले यसको अन्त्य गर्नका लागि कृषि क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । कृषि क्रान्ति नगरेसम्म मुलुकमा समाजवाद आउन नसक्ने बताउँदै राज्यले कृषि क्षेत्रको विकासका लागि उचित योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि उपसचिब मन्जु अधिकारी, संविधानसभा सदस्य विकास लम्साल, गण्डकी प्रदेश सभा सदस्य मित्रलाल शर्मा, एमाले पर्वतका पुर्व अध्यक्ष राजु पौडेल, फलेवासका संस्थापक नगरप्रमुख पदमपाणी शर्मा, एमाले पर्वतका पुर्व उपसचिब शिव पौडेल, सामुदायिक वन उपभोक्ता महासंघ पर्वतका अध्यक्ष जीवन उच्चै ठकुरी, फलेवासका नगरप्रमुख देवि प्रसाद तिमिल्सिना, किसान महासंघका केन्द्रीय सदस्य सुनिता शर्मा, निर्मला शर्मा लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा सहभागिता जनाउन फलेवासका नगरप्रमुख गंगाधर तिवारी पनि पुग्नुभएको थियो ।
अखिल नेपाल किसान महासंघ पर्वतका अध्यक्ष बाबुराम शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । रोपाई महोत्सवमा सयौ जना नेता कार्यकर्ता र स्थानीय कृषकहरुको सहभागिता रहेको थियो ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...