#
गृह पृष्ठ मेलापत नेकपा एमाले फलेवासको सपथग्रहण कार्यक्रम सम्पन्न

नेकपा एमाले फलेवासको सपथग्रहण कार्यक्रम सम्पन्न

पर्वत-नेकपा एमाले फलेवास नगरकमिटिको केहि दिन अघि सम्पन्न निर्वाचनवाट निर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

शनिवार खानीगाउँमा आयोजित समारोहमा नवनिर्वाचित अध्यक्ष देविप्रसाद तिमिल्सिनाले पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको हो । सो अवसरमा निर्वाचित नगरकमिटिका पदाधिकारी, सदस्य, लेखा आयोगका पदाधिकारीलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमालेका उपमहासचिब पृथ्वी सुब्बा गुरुङले राजनीतिक दलहरुले जनचाहना मुखि काम गर्नुपर्नेमा जोड दिनुभयो । दलहरु सत्तामा हुँदा होस् या नहुँदा नागरिकका इच्छा, आकांक्षा र आवश्यकता अनुरुपका काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यो मुलुकको समृद्धि र विकास एमालेलेनै गर्न सक्ने बताउँदै एमालेलाई शक्तिशालि दल बनाउनुपर्ने बताउनुभयो । उहाँले पार्टीले थालेको मिसन ८४ लाई साकार पार्नका लागि तल्लो तहसम्म कार्यकर्ताहरु परिचालित हुन आग्रह गर्नुभयो । पार्टी राजनीतिमा हुने प्रतिस्पर्धालाई सकारात्मक रुपमा लिँदै एकजुट भएर अघि बढ्न उहाँको सुझाव थियो ।
कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य जगत विश्वकर्मा, गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, केन्द्रिय सदस्य कल्पना चापागाई, केन्द्रीय लेखा आयोग सदस्य केश वहादुर केसी, प्रदेश कमिटिका पदाधिकारीतथा सदस्यहरु, जिल्ला अध्यक्ष गोविन्द पहाडी, नेता पदमपाणी शर्मा लगायतको सहभागिता रहेको थियो ।
अध्यक्ष देविप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष नारायण शर्मा र संचालन सचिब गोविन्द भुसालले गर्नुभएको थियो  ।

 

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...