#
गृह पृष्ठ मेलापत पर्वतमा बिहिवार नेपाली कांग्रेसको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम हुँदै

पर्वतमा बिहिवार नेपाली कांग्रेसको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम हुँदै

पर्वत- नेपाली कांग्रेस गण्डकी प्रदेशले जेठ १७ गते बिहिवार पर्वतको कुश्मामा कार्यसमिति बैठक एवं  प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेश प्रशिक्षण बिभागले पर्वतको सदरमुकाम कुश्मा बजारमा कार्यसमिति बैठक एवं  प्रशिक्षण कार्यक्रम संचालन गर्न लागेको नेपाली कांग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री रामचन्द्र जोशीले जानकारी दिए ।
प्रशिक्षणमा सहभागिताको लागि बिहान ८ बजे उद्योग वाणिज्य संघको सभाहलमा उपस्थित हुनुपर्ने छ । सहभागीलाई खाना र खाजाको ब्यवस्था गरिएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति, बिभाग सदस्य, नेपाली कांग्रेस पर्वतका पदाधिकारी, प्रदेश सभा क र ख का क्षेत्रीय कार्यसमिति सभापति एवं पदाधिकारी, नेपाली कांग्रेस पर्वतका भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख गरि करिब दुई सय जना सहभागी हुने अनुमान गरिएको छ ।
सहभागीलाई पार्टीको साँगठनिक एवं समसामयिक राजनीतिक बिसयमा प्रशिक्षण दिन लागेको जोशीले बताए । उनले भने,’नेका प्रदेश समितिले प्रदेशका ११ जिल्ला मध्ये पर्वत जिल्लाबाट प्रशिक्षण कार्यक्रम शुरु गर्न लागेको कारण यो कार्यक्रम भब्य र ऐतिहासिक हुने छ।’कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको जोशीले बताए । बैंठक एवं प्रशिक्षण कार्यक्रमको नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...