बागलुङ-नेकपा एमाले बागलुङको जिल्ला अधिबेशनका प्रतिनिधि छनौट प्रक्रिया सुरु भएको हो । बुधबार जिल्लाका अधिकांश वडा र पार्टीका जनसंगठनले अधिबेशनका लागि प्रतिनिधि छनोट गरेका हुन् ।केहि वार्डमा भने प्रतिनिधि चयनमा आकाक्षिहरु धेरै भएकोले टुङ्गिन सकस परेकोछ।जिल्ला अधिबेशनमा यसपटक ६ सय ३७ जना प्रतिनिधि सहभागि हुने एमाले बागलुङले जनाएको छ । जिल्ला कमिटिको सचिवालय बैठकले बुधबार एकै दिन ८५ वडा र २१ जनसंगठनलाई प्रतिनिधि छनोटका लागि मिति तोकेको थियो ।
त्यस्तै एमालेका जनसंगठनहरुले पनि प्रतिनिधि छनोट गरिसकेका छन् । वडाहरुबाट खुल्ला २ सय ७४, अल्पसंख्यक ५५, दलित १ सय २० र जनसंगठनका ३१ जना प्रतिनिधि महाधिबेशनमा सहभागि हुने छन् । सहभागि प्रतिनिधिमध्ये ३३ प्रतिशत महिला अनिवार्य गरिएको छभने १ सय ७० जना आयोजक स्वतः हुने छन् ।
भुगोल तथा कार्यक्षेत्रबाट अनुमोदित भएर आउनुपर्ने व्यवस्था पार्टीमा रहेकाले चुस्त र कार्यकर्तामैत्री नेतृत्वको बिकास हुने अध्यक्ष केसीले बताए । प्रतिनिधिले फोटो सहितको बिबरण आगामी २५ गते पार्टी कार्यालयमा दर्ता गरेपछि निर्वाचन कार्यक्रम सुरु हुनेछन् ।
प्रतिनिधि छनोटका लागि एमालेले १५ जना संगठित सदस्य बराबर १ जना खुल्ला, १० जना बराबर १ जना महिला र ७ जना बराबर १ जना दलित प्रतिनिधि पठाउन पाउने व्यवस्था गरेको थियो । अधिबेशनमा प्रतिनिधि छनोट सँगै चुनावी सरगर्मी बढेको छ ।
एमाले बागलुङको अधिबेशनका लागि प्रतिनिधि छनोट : ६ सय ३७ जना प्रतिनिधि सहभागि हुने











































