#
गृह पृष्ठ मेलापत जलजलामा दम्पत्ति हत्या : अनुसन्धानलाई प्रभावकारी बनाउन कानुन मन्त्री गिरीको निर्देशन

जलजलामा दम्पत्ति हत्या : अनुसन्धानलाई प्रभावकारी बनाउन कानुन मन्त्री गिरीको निर्देशन

पर्वत –पर्वत जिल्लाको जलजला गाउँपालिका वडा न २ मा ६९ बर्षका सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ बर्षिया कमला जिसीका हत्या भएको छ । हत्याबाट मृत्यु भएका जिसी दम्पत्तिको परिवारलाइ आज कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले भेटघाट गरेका छन् ।

पिडित परिवारको घर जलजला २ दहमा पुगेका गिरीले परिवारका सदस्यहरुलाई भेट गरेका हुन् । हत्या भएको २ दिनसम्म पनि प्रहरीले हत्यारा पक्राउ गर्न सकेको छैन् । परिवारसंगको भेटमा कानुन मन्त्री गिरीले हत्यारा छिट्टै पक्राउ पर्ने बताए । उनले हत्या जस्तो जघन्य अपराधमा संग्लन्न जो सुकैलाई पनि सरकारले नछाड्ने भन्दै परिवारले न्याय जसरी पाउने आश्वासन दिए ।

घरमा बसीरहेका जिसी दम्पत्तिको रातीको समयमा हत्या भएको थियो । विहान छिमेकीले मृत अवस्थामा फेला पारेका दम्पत्ति एक्लो घरमा बस्दै आइरहेका थिए । हत्याको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । पिडित परिवारले न्याय पाउने गरी सुरक्षा निकायका सवै निकायबाट अनुसन्धानलाई प्रभावकारी बनाउन आफूले निर्देशन दिइसकेको मन्त्री गिरीले परिवारलाई बताएका छन् ।

मन्त्री गिरीले अपराधीलाई कारबाही नगरे देशमा यस्ता आपराधिक घटना अझै बढ्ने भन्दै छिट्टै अपराधीलाई सार्वजनिक गर्न सुक्ष्म अनुसन्धान भइरहेको बताए ।

हत्यारालाई खोज्नका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर समेतबाट समेत प्रहरीले अनुसन्धान गरीरहेको छ । प्रहरी नायव उपरिक्षक खुमलाल भुषालले अनुसन्धान भइरहेको र अभियुक्त छिट्टै पत्ता लाग्ने बताए ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...