बागलुङ- नेकपा एमाले बागलुङको १० औं जिल्ला अधिबेशन यहि चैत्र २९ र ३० गते बागलुङ बजारमा सम्पन्न हुदैछ ,उक्त अधिबेशनको एमाले अध्यक्ष केपि शर्मा ओलिले उद्घाटन गर्ने एमाले बागलुङले जनाएकोछ। अधिबेशनको माहोल तातेकोबेला नेतृत्वमा आउनेहरुले विभिन्न भेट्घाट र उम्मेद्बारीको टुङ्गो लगाउन दौडधुप गरिरहेका छन।
पार्टिका शिर्ष नेताहरुले जिल्लादेखी काठमाडौ सम्मको भेटघाट र ब्यस्तता बढाएका छन,पार्टी अध्यक्ष र पदाधिकारीमा आउन चाहानेहरुले अब प्रतिनिधि टुङ्गो लगाउदा साथ अझै ब्यस्तता बढाउने देखिन्छ। सकेसम्म सर्बसम्मत नभय लोकतान्त्रिक पदती अनुसार निर्बाचनमा गयरै भएपनि एमाले बागलुङको नयाँ नेतृत्व टुङ्गिने निस्चित देखिएकोछ।
यसैबिच नेकपा एमालेका युवा नेता कुमार खड्काले १० औं जिल्ला अधिबेशनमा पार्टी सचिबमा आफ्नो उम्मेद्बारी रहने बताएका छन। २०४६ सालमा आखिलको प्रारम्भिक कमिटिमा रहेर एमालेको राजनितिक यात्रा सुरु गरेका खड्का ३४ बर्ष निरन्तर एमालेको राजनितिमा सकृय रुपमा लागेका छन ।
२०५६ सालमा क्षेत्रीय कमिटी सदस्यमा रहेर उत्कृष्ट कामगर्दै आएका खड्का यो भन्दा अगाडि इन्द्रलाल सापकोटा पार्टिको जिल्ला अध्यक्ष रहदै गर्दा लेखा आयोग कमिटिको उपाध्यक्ष समेत रहेर काम गरेका थिय। जिल्लामा एमालेलाई बलियो बनाउदै गुट उपगट रहित पार्टी बनाउनलाई खडकाको महत्त्वपूर्ण भुमिका रहेको छ, सोहि कारण उनी यो भन्दा अगाडी नेकपा एमालेको गण्डकी प्रदेश कमिटी सदस्यमा समेत रहेर आफ्नो जिम्मेवारी बहन गरेका हुन।
जनस्तरसम्म पुगेर कार्यकर्ताको मन जितेका खड्काको जिल्ला हुँदै प्रदेश र केन्द्रिय स्तरका नेताहरु सङ्ग पनि राम्रै सम्बन्ध रहेको छ,यसभन्दा अगाडीका स्थानीय तह होस प्रदेश वा केन्द्रको निर्बाचनमा अग्रस्थामा रहेर आफुले टिकट नपाउदा पनि पार्टिका नेताहरुलाई जिताउन मुख्य भुमिका खेलेका खड्का यो अधिबेशनमा सचिबको उम्मेद्बारी दिने तयारीमा लागेका हुन। पार्टी भित्रको गुट उपगुटको अन्त्य,समृद्ध नेपाल सुखी नेपालीको सपना पूरागर्दै पार्टिको नीति नियम र बिधान अनुसार जनस्तरसम्म पार्टिका हरेक गतिविधि पुराउन,युवा साथिहरु लक्षित विशेष कार्ययोजना ल्याउन,पार्टिको तल्लो तहसम्मका हरेक कमिटीलाई चलायमान बनाउन र आगामी निर्बाचनमा बागलुङमा एमालेलाई पहिलो पार्टी बनाउनको लागि आफ्नो उम्मेद्बारी प्रस्तुत गरेको खड्काले बताएका छन।
देशमा देखिएको राजनितीक अस्थिरता आर्थिक मन्दी जनतासामु देखिएको चरम राजनितीक निराशा र युवा पलायनको कारण पनि भड्किलो निर्बाचन नहोस भन्ने आफ्नो धारणा रहेको बताउदै, खड्काले यो अधिबेशनमा एमाले बागलुङले सर्बसम्मत रुपमा नेतृत्व चयन गरेर एकताको सन्देश दिनुपर्ने भयकोले आफुलाई सचिब पदमा सर्बसम्मत रुपमा चयन गर्न सबै सङ्ग अनुरोध समेत गरेका छन।











































