#
गृह पृष्ठ मेलापत बागलुङको दक्षिण कुश्मिसेरा बजारमा तेस्रो जैमिनी महोत्सब हुँदै:तयारी तिब्र।

बागलुङको दक्षिण कुश्मिसेरा बजारमा तेस्रो जैमिनी महोत्सब हुँदै:तयारी तिब्र।

बागलुङ -सहारा राहत कोष स्थापनाका लागि बागलुङको दक्षिण कुश्मिसेरा बजारमा यो बर्ष पनि तेस्रो जैमिनी महोत्सब आयोजना हुन लागेको हो।आगमी पुष २९ गते देखि माघ ५ गते सम्म तेस्रो जैमिनी महोत्सव गर्न लागेको माघेसंक्रान्तिको अवसमार लाग्ने पुरानो तथा ऐतिहासिक मेला २०७० सालदेखि सहारा युवा क्लबको अगुवाईमा मेला तथा महोत्सव हुँदै आएको छ ।

जैमिनी नगरपालिकाको मुख्य सहयोगमा उक्त महोत्सवको आयोजना गरिएको क्बलका अध्यक्ष सुरेश सुनारले जानकारी दिनुभयो । जैमिनीको ऐतिहासिक मेला माघेसंक्रमन्ती मेलालाई निरन्तरता दिदै संकृतिको प्रर्बद्धन गर्नका लागि तेस्रो जैमिनी मेला आयोजना गर्न थालिएको हो।

मेलामा स्थानीय तथा बाह्य औधोगिक उत्पादन सेवाको विक्रि, वित्तिय संस्थाहरुको स्टल प्रर्दशनी, कृषि, जडिबुटि तथा पशुजन्य उत्पादनको प्रदर्शन एवं विक्री, सूचना प्रविधि सम्बन्धी परामर्श र घरेलु तथा हस्तकलाका सामानहरुको पर्दशनी रहने छ । तेस्रो जैमिनी महोत्सव कुश्मिसेरा बजारको सहारा खेल मैदानमा हुनेछ ।

मेलामा वडा स्तरी खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिवल प्रतियोगिता, खुल्ला नौमती बाजा प्रतियोगिता र स्थानीय लोपन्मुख झाँकी प्रर्दशनी गरिने छ ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...