#
गृह पृष्ठ राजनीति माओवादी नेताहरू आज लुकेर दसैं मनाइरहेका छन् – शंकर पोखरेल

माओवादी नेताहरू आज लुकेर दसैं मनाइरहेका छन् – शंकर पोखरेल

काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी नेताहरूले घरभित्र लुकेर दसैं मनाइरहेको बताएका छन्।दाङको तुलसीपुरस्थित एमाले पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्।

‘माओवादी केन्द्रले कुनै समय दसैं-तिहार जस्ता चाडपर्व बहिस्कारकार्यक्रम नै चलायो,’ पोखरेलले भने, ‘त्यो कति गलत थियो भन्ने आज देखिएको छ। जसले बहिष्कारको नेतृत्व गरे, आज उनीहरू घरभित्र लुकेर टीका लगाउनुपर्ने अवस्थामा पुगेका छन्।’

उनले दसैं कुनै धर्म वा हिन्दुको मात्रै पर्व नभई आम नेपालीको सांस्कृतिक पर्व भएको पनि बताए। नेपाली हिन्दुले मनाए जसरी दसैं भारतीय हिन्दुले नमनाउने पनि उनले उल्लेख गरे।

‘भारतीय हिन्दुले हामीले जसरी दसैं मनाउँदैनन् भने यो धर्मको चाड हो कि नेपाली संस्कृतिका रूपमा विकसित भएको छ भन्ने कुरा हेर्नुपर्छ। दसैं नेपालीहरूको सांस्कृतिक चाड भएको कुरा बुझ्न जरूरी छ,’ उनले भने।

उनले नेपाल र भारतमा दसैं मनाउने चलन फरक रहेको बताए। भारतका केही ठाउँमा दुर्गा पूजा हुने भए पनि नेपालमा जस्तो शक्तिपिठहरूमा गएर पूजा गर्ने चलन नरहेको उनको भनाइ थियो। त्यस्तै जमरा राखेर टीका लगाउने चलन पनि भारतमा नभएको उनले बताए।

कार्यक्रममा पोखरेलले ‘मिसन २०८४ एमाले’ लाई बहुमत दिलाउने गरी शक्तिपिठको उपसना गर्न आग्रह पनि गरे।

त्यस्तै नेपाल किन बनेन भन्ने सन्दर्भमा उनले कथित सचेत मान्छेहरूबाटै तथ्यभन्दा बाहिर गई समाजलाई भ्रमित पार्ने काम भइरहेको बताए।

‘लामो राजनीतिक संघर्षबाट खारिएका नेताले गर्न नसकेको कुरा नयाँले गर्छन् भन्ने खालको जुन मान्यता अगाडि सार्न खोजिएको छ, त्यो समाजलाई फेरि लामो समयसम्म पछाडि धकेल्ने विचार मात्रै हो,’ उनले भने, ‘अमेरिकामा दुइटा पार्टी छन्। धेरै वर्षदेखि उनीहरूले नै राजनीति गरेका छन्। अमेरिका विकास र सुधारका लागि त्यहाँ कसैलाई नयाँ पार्टी चाहिएको छैन।’

बेलायतको पनि उदाहरण दिँदै उनले पुरानाले नसकेकाले नयाँ चाहिन्छ भन्नु भनेको समय खेर फाल्नु र मुलुकलाई अस्थिरतामा धकेल्ने प्रपञ्च मात्रै हुने दाबी गरे।

‘राजनीतिक दलहरू कहिलै पुराना हुँदैनन्,’ उनले भने, ‘हरेक पाँच वर्षमा अद्यावधिक भइरहन्छन्।’

महासचिव पोखरेलले एमालेले नेतृत्व गर्दा र अर्थ मन्त्रालय सम्हाल्दा समृद्धिको खाका तयार भएको समेत दाबी गरे। एमाले लोकप्रिय हुँदा अन्तर्राष्ट्रिय चलखेलबाट समेत पार्टी फुटाउने र कमजोर बनाउने षड्यन्त्र हुँदै आएको उनले बताए।

‘पछिल्लो समय अदालत र अध्यादेशबाट पार्टी फुटाउने षड्यन्त्र भइरहेको छ,’ उनले भने।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...