#
गृह पृष्ठ मेलापत बागलुङबाट निर्वाचित १८ जना सदस्यहरुलाई सम्मान तथा बधाई ज्ञापन

बागलुङबाट निर्वाचित १८ जना सदस्यहरुलाई सम्मान तथा बधाई ज्ञापन

बागलुङ-नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेकपा एमालेले आन्तरिक प्रतिस्प्रधाबाट नेतृत्व चयन गर्नु कम्युनिष्ट पार्टीका लागि उदारणीय भएको बताउनुभएको छ ।

गण्डकी प्र्रदेश सरकारका संस्थापक मुख्य मन्त्रीसमेत रहनुभएका नेता गुरुङले प्रतिस्प्रधाले योग्य र सक्षम मानिसलाई नेता बनाउने भन्दै प्रतिप्रर्धालाई सामान्यरुपमा लिनुपर्ने बताउनुभयो ।

नेकपा एमाले जिल्ला कमिटि बागलुङले आयोजना गरेको गण्डकी प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारी र सदस्यहरुको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता गुरुङले एमाले मात्रै कम्युनिष्ट पार्टीमा प्रतिस्प्रधाबाट नेतृत्व चयन गर्ने पार्टी भएको बताउनुभयो ।

हालै सम्पन्न नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशनलाई लक्षित गर्दै नेता गुरुङले एमालेको नीतिमा रहेर निर्वाचन मार्फत नेतृत्व चयन भएको बताउदै सर्वसम्मतले नेतालाई अल्छी बनाएको अनुभवन सुनाउनुभयो ।

“सर्वसम्मत रुपमा धेरै जिल्लाका अधिवेशनहरु भए, सोचेजस्तो काम गर्न जिल्ला नेताहरुले सक्नुभएन, यही पाठ सिक्दै पहिलोपटकको प्रदेश अधिवेशन नै प्रतिस्प्रर्धा मार्फत सम्पन्न गरेका हौं” गुरुङले भन्नुभयो “यो आन्तरिक निर्वाचन हो, अब निर्वाचन सकिएपछि चुनावको असर पर्न हुँदैन ।”

अब नेकपा एमाले झनै सशक्त भएर सांगठनीक गतिविधि जाने बताउदै नेता गुरुङले एमाले खोप्पामा राखेको भिमसेन नभएको जिकिर गर्नुभयो ।

उहाँले नेकपा एमाले जनता र कार्यकर्तामा आधारिक पार्टी भएको बताउदै जनता र कार्यकर्ताले जस्लाई विश्वास गर्नुहुन्छ उही नेता चुनिने बताउनुभयो ।

यस्तै नवनिर्वाचित नेकपा एमाले गण्डकी प्रदेश कमिटिका अध्यक्ष नवराज शर्माले पार्टीले २०८४ सालमा एकल बुहमत ल्याउनेगरी आफू लाग्ने बताउनुभयो । शर्माले जनता र कार्यकर्ताको मायाले प्रदेश अध्यक्षमा निर्वाचित भएको भन्दै संगठनलाई थप मजबुध बनाउदै अगाढी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य लिल बहादुरा थापा, एमाले केन्द्रिय सदस्य इन्द्रलाल सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटिमा निर्वाचित पदाधीकारीहरु अध्यक्ष नवराज शर्मा, उपाध्यक्ष मिन प्रसाद गुरुङ, सचिव धनन्जय दवाडी र उपसचिव मन्जु अधिकारीलाई सम्मान गरिएको थियो ।

यस्तै गण्डकी प्रदेश कमिटिमा बागलुङबाट निर्वाचित १८ जना सदस्यहरुलाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो । कार्यक्रम नेकपा एमालेका जिल्ला अध्यक्ष हिरा बहादुर केसीको अध्यक्षता, उपाध्यक्ष लक्ष्मण पुनको स्वागत तथा सचिव विष्णु भुषालको सञ्चालनमा सम्पन्न भएको थियो ।

आदर्श खबरबाट ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...