#
गृह पृष्ठ प्रवास असोज २६,२७ र २८ गते मल्लाज जाऔ!अन्तर्राष्ट्रिय पर्बत समाजको चौथो अधिबेशन सफल...

असोज २६,२७ र २८ गते मल्लाज जाऔ!अन्तर्राष्ट्रिय पर्बत समाजको चौथो अधिबेशन सफल पारौं।

पर्वत-अन्तराष्ट्रिय पर्वत समाजले आसन्न चौथो अधिवेशन एवम् सम्मेलनको तयारीलाई तीव्र बनाएको छ । समाजले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गर्नुका साथै व्यवस्थापकीय कार्य अघि बढाएको छ । समाजको अधिवेशन यहि असोज २६,२७ र २८ गते जलजला गाउँपालिका–३ स्थित कोटको प्राङगणमा गर्ने तय गरेको छ ।

अन्तराष्ट्रिय पर्वत समाजकी नेपाल प्रतिनिधी मुना भुषालको अध्यक्षता र जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यको प्रमुख आतिथ्यतामा मल्लाजमा सम्पन्न बैठकले अधिवेशन तथा सम्मेलन भव्य रुपमा सम्पन्न गराउन आ–आफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गर्नुका साथै व्यवस्थीत गर्नका लागि सवै संघसंस्था र सम्बन्धित निकायलाई परिचालन गरेको छ । साथै अधिवेशनलाई सम्पन्न गराउन विभिन्न उपसमिति गठन र व्यवस्थापकीय जिम्मेवारी तोकेको छ ।

बैठकले जलजला गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्वर ८ नाग्लिवाङका वडा अध्यक्ष हरिविकास जिसीको संयोजकत्वमा कार्यक्रम तथा मञ्च व्यवस्थापन समिति गठन गरेको छ । मञ्च व्यवस्थापनको सहयोगी संस्थामा हिम सुसेली युथ क्लव रहेको छ । बैठकले हेली प्याड तथा गाडी व्यवस्थापनका लागि भरत क्षेत्रीको संयोजकत्वमा उपसमिति गठन गरेको छ । समितिको सदस्यमा मिसेन बराइली, वावुराम कार्की, कुशल जिसी र सन्जीव वोहोरा रहेका छन् । बसाई व्यवस्थापनकाका लागि एकिन्द्र खत्रीको संयोजकत्वमा उपसमिति गठन गरेको छ । जसको सदस्यहरुमा नविन जिसी, मुकुन्द्र मल्ल, सुनिता क्षत्री, मिनवहादुर खत्री, राम थापा र आयुष जिसी रहेका छन् ।

बैठकले नविन जिसीको संयोजकत्वमा प्रचारप्रसार तथा सुचना सम्प्रेषण उपसमिति गठन गरेको छ । समितिको सदस्यमा कुशल जिसी, भिमसेन बराइली, पूर्न बस्याल र सागर लामिछाने रहेका छन् । सुनिता क्षेत्रीको संयोजकत्वमा माला तथा अतिथी सत्कार उपसमिति गठन गरेको छ । जसमा शान्ति जिसी र सुनिता कार्की रहेका छन् बैठकले प्रकाश जिसीको संयोजकत्वमा यातयात तथा बाटाघाटा सरसफाई उपसमिति गठन गरेको छ । जसमा पूर्ण बरुवाल, विकास भण्डारी, समुन नेपाली लाल वहादुर मल्ल, यामवहादुर भण्डारी र कमल विश्वकर्मा रहेका छन् ।
बैठकले बाजा तथा झाँक्री व्यवस्थापन उपसमितिको संयोजकमा भिमसेन बराइलीलाइजिम्मेवारी प्रदान गरेको छ । जसमा नविन जिसी, पूर्ण बरुवाल, कुशल जिसी, सुनिता जिसी, सुमन नेपाली र सुनिता कार्की रहेका छन् ।
बैठकलाई सम्बोधन गदै गाउँपालिकाका अध्यक्ष राजु आचार्यले अधिवेशन सम्पन्न गराउन कुनै कसुर बाँकी नराख्ने बताए । उनले भने,‘अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न हुन्छ, गाउँपालिकाको तर्फबाट कुनै कसुर बाँकी रहन्न, तपाईहरु ढुक्क हुनुहोस् ।,’ अध्यक्ष आचार्यले गाउँपालिकाको विकास र समृद्धिमा अन्तराष्ट्रिय पर्वत समाजले उल्लेखनीय भूमिका खेलेको बताउँदै भावी दिनमा थप सहयोग पुग्ने विश्वास लिएको बताए ।
नेपाल प्रतिनिधी भुषालले अधिवेशनलाई सम्पन्न गराउन उपसमिति गठन गरेको बताउँदै चौथो अधिवेशन ऐतिहासिक हुने बताईन । उनले गाउँपालिकाको पर्यटन पर्वद्धन प्रचारप्रसारमा सहयोग पु¥याउने उद्देश्यले जलजलामा कार्यक्रम आयोजना गरेको बताईन ।

अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष झलक केसीले अधिवेशनलाई सफल बनाउन तयारीमा जुटेको बताए । उनले भने,‘चौथो अधिवेशन फरक ढैगबाट सम्पन्न गर्ने तयारीमा जुटको छौँ, अधिवेशन जिल्लाभर मात्र नभई विदेशमा पनि चासोका साथ हेरिरकेकाले यसलाई सम्पन्न गर्नका लागि सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्न सबैलाई आग्रह गरे ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...