#
गृह पृष्ठ मनोरन्जन लोक दोहोरी अवार्ड हुँदै, २४ विधामा अवार्ड प्रदान गरिने

लोक दोहोरी अवार्ड हुँदै, २४ विधामा अवार्ड प्रदान गरिने

काठमाडौं –राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिले आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड– २०८० को आयोजना गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी उपत्यका समन्वय समितिले कार्यक्रम आयोजनाबारे जानकारी गराएको हो । कार्यक्रम आगामी असोज ११ गते राष्ट्रिय नाचघर जमलमा हुनेछ । उक्त अवार्ड २४ वटा विधामा वितरण गरिने बताइएको छ । साथै, दीर्घ साधना सम्मानलगायत आठ अन्य विभिन्न विधामा पनि सम्मान प्रदान गरिने बताइएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिका अध्यक्ष अर्जुन थापा मगरले अवार्ड समग्र दोहोरी क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरुलाई प्रदान गरिने बताए । उपत्यका समन्वय समितिले विभिन्न आठ वटा विधामा सम्मानित हुने व्यक्तित्वहरुको नामसमेत सार्वजनिक गरेको छ । समन्वय समितिले नगद राशीसहित लाईफ टाइम एचिभमेन्ट सम्मान कृष्ण सुधा ढुंगानालाई नगद राशीसहित प्रदान गर्ने बताएको छ ।

त्यसैगरी, संस्थागत श्रष्टा सम्मानबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानलेलाई प्रदान गरिने बताइएको छ । लोक गीतको क्षेत्रमा दश वर्षसम्मकोे योगदान र सफलतालाई सम्मान गर्दै एकनारायण भण्डारी दशक श्रष्टा सम्मान प्रदान गरिने अध्यक्ष थापा मगरले बताए ।

लोक संगीतलाई माथि उठाउनका लागि योगदान दिएका राजकुमार रायमाझीलाई लोक पत्रकारिता सम्मान प्रदान गरिने भएको छ । सदावहार लोक गीतमा ‘बाबरी फूलको बोट’ गीतलाई सम्मान प्रदान गरिने अध्यक्ष थापा मागरले बताए ।

त्यसैगरी, लोकदोहोरी कलाकार साँझ सम्मान (नगद राशीसहित) कृष्ण आँशुलाई र लोकदोहोरी उपत्यका विशिष्ट सम्मान समाजसेवी सपना रोकालाई प्रदान गरिने बताइएको छ । लोकदोहोरी अवार्ड विशेष सम्मान शिव हमाललाई प्रदान गरिने बताइएको छ ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रीय कार्यसमितिका पूर्व अध्यक्ष एवं उपत्यका समन्वय समितिका प्रमुख संरक्षक दुर्गा रायमाझी, पूर्व अध्यक्ष वरिष्ठ गायक चन्द्र शर्मा, कोषाध्यक्ष अमृत अधिकारी, सदस्य एवं उपत्यका समन्वय समितिका निवर्तमान अध्यक्ष सुजन लम्साल सहसचिव राजकुमार रायमाझी, वरिष्ठ अभिनेता सुदर्शन आयार्य, उपत्यका समन्वय समितिका संरक्षक सुवास खड्का, लोक सञ्चारकर्मी नेपालमा उपाध्यक्ष चन्द्रमणि गौतम लगायतको सहभागिता रहेको थियो ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...