#
गृह पृष्ठ राजनीति सामाजिक सञ्जालमा पार्टी विरूद्ध जथाभावी लेख्नेलाई पर्वत काँग्रेसले कार्वाही गर्ने

सामाजिक सञ्जालमा पार्टी विरूद्ध जथाभावी लेख्नेलाई पर्वत काँग्रेसले कार्वाही गर्ने

पर्वत –सामाजिक सञ्जालमा पार्टी संगठन र पार्टी नेतृत्वको विरूद्धमा जथाभावी लेख्ने वा बोल्ने जोकोही नेता कार्यकर्ताहरूलाई पनि अब पार्टी अनुशासनको कार्वाही गर्ने नेपाली काँग्रेस पर्वतले चेतावनी दिएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा पार्टी संगठनको विरूद्धमा भ्रामक कुराहरू आउन थालेको र त्यसले निष्ठावान कार्यकर्ताको मनोबल घटाएको भन्दै सोमवार बसेको नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतको पदाधिकारी बैठकले पार्टीमा अनुशासन कायम राख्नुपर्ने निष्कर्ष निकालेको थियो । पदाधिकारी बैठकपछि पार्टी प्रवक्ता अच्युत तिवारीद्वारा प्रेषित प्रेस विज्ञप्तीमा सबै नेता कार्यकर्तालाई पार्टी विधान र पार्टी अनुशासनको पालना गर्न आग्रह गरिएको छ । विज्ञप्तीमा नेतृत्वका विषयमा केही सुझाव, गुनासा, आलोचना र असहमती भए विधिपूर्वक राख्न अपिल गर्दै, संगठनको हित विपरीतका अराजक गतिविधि नगर्न नगराउन सबै तहका नेता कार्यकर्तालाई निर्देशन दिइएको छ ।

पार्टीले सबैका रचनात्मक सुझावलाई शिरोधार्य गर्दै अघि बढ्न तयार रहेको जानकारी दिँदै १४ औं अधिवेशनबाट निर्बाचित भएर आएपछि पार्टीलाई एकढिक्का बनाउन जिल्ला नेतृत्वले पार्टीका पूर्व पदाधिकारीहरू, महाधिवेशन प्रतिनिधिहरू र भातृ तथा शुभेच्छुक संघ संस्थाका प्रमुखहरूसँग निरन्तर परामर्श र छलफल गरि उनीहरूले नै दिएको सुझाव र सल्लाहको आधारमा सांगठनिक गतिविधिहरू अघि बढाएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ । सामाजिक सञ्जाल, चोक र गल्लीमा गरिने टिका टिप्पणीले पार्टीका निष्ठावान कार्यकर्ताको मनोबल घट्ने र संगठन कमजोर हुने भन्दै संगठनको हित विपरित गतिविधि गर्ने जोकोहीलाई पनि विधान बमोजिम कार्वाही गरिने वताइएको छ । साथै विज्ञप्तीमा पार्टीहित विपरित आउने त्यस्ता अराजक र भ्रामक गतिविधिबाट सतर्क रहन सबैलाई अपिल गरिएको छ ।

त्यसैगरि पदाधिकारी बैठकले पार्टी परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका नेवि संघका पूर्व अध्यक्ष मिलन सुवेदी, तरूण दलका जिल्ला सचिव सागर भुसाल र फलेवास नगरकार्यसमितिका सचिव चित्र शर्मालाई पार्टी अनुशासन समितिको सिफारिसका आधारमा नेपाली काँग्रेसको साधारण सदस्यता समेत खारेज गर्ने निर्णय गरेको छ जनाएको छ ।

 

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...