#
गृह पृष्ठ मेलापत म कुनै ठेकेदार होईन, आवाज विहीन हरूको “आवाज” हुँ।

म कुनै ठेकेदार होईन, आवाज विहीन हरूको “आवाज” हुँ।

-स्वस्थानी रिजाल
सिर्जनाहरू समुद्र झै फैलाउने मन छ
कल्पनाहरू साकार हुनुपर्ने हो पनि भन्छ
असरल्ल योजनाहरू सम्हालेर
लक्षित ठाउँमा पुर्याउन लागिरहन्छु,
जहां पुग्छु कुस्माकै लागि मागिरहन्छु ।
म र मेरो नगरवासी हरुमा परिवर्तन देखेको छैन,
नत पर- बासी हरूनै उत्साहित भएको देख्छु
मेरो घरबाट टाढा पश्चिम को पहाडलाई सोध्छु
बाग्लुड० तिर कस्तो छ मालिका ?
“यस्तैछ नानी बाढीपहिरो पछि दुई-बोरा चामल
चोखिनका दुईपोका र सातुसामल पाउंछन्
दशैंदेखि तिहारसम्म रमाउँछन्,
पिडीतको नाउंमा केही मान्छे हरु कमाउंछन्,”
“ मेरो पाउदेखि शिरसम्म चिराचिरा परेको छ,
हिउँदताका ठेकेदारको डोजरले घिसार्छ,
बर्खाताका पहिरोले धसार्छ,
अनि “विपत” समिति ले चिरफारै नगरी
मलमपट्टी लगाउँछ,काम सकेको खुशीमा
वियर र रक्सी बगाउँछ।”
“ नेताहरू ठेकेदार छन्
काममा उनिहरूनै हकदार छन्,
मलाई प्रति प्रश्न गर्छ
“के तिमीपनि ठेकेदार हो नानी?
मन अमिलो हुन्छ
दृश्य धूमिलो बन्छ
मन भक्कानिन्छ,
मुटू फुट्ला जस्तो हुन्छ
बुझेर पनि नबुझे झैं बन्न खोज्दछु,
सांघ्चै उ निर्जीव पहाड भएरपनि सजीव चित्रण गर्दैछ,
हाम्रो स्थानीय परिवेशको ।
उ बिरोध गरिरहेछ बल मिच्याइँ को,
म पनि अनगिन्ती मिच्याइँका विरूद्ध आवाज
लिएर आउँदैछु है “मालिका”!
म कुनै ठेकेदार होईन, आवाज विहीन हरूको
“आवाज” हुँ।
उपप्रमुख कुश्मा नगरपालिका
२०८० जेष्ठ १६ गते

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...