#
गृह पृष्ठ मेलापत नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी :डाक्टर सुवेदी भेटनरी एसोसियशनको महासचिवमा सर्वाधिक मत सहित...

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी :डाक्टर सुवेदी भेटनरी एसोसियशनको महासचिवमा सर्वाधिक मत सहित विजय

पर्वत-नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी एवम् नेपाली काँग्रेस पर्वतका लोकप्रिय युवा नेता डाक्टर केदार सुवेदी नेपाल भेटेरिनरी एसोसिएसनको महासचिवमा अत्याधिक मत सहित बिजय हुनुभएको छ ।

नेपालका भेटनरी डाक्टरहरुको छाता संगठन नेपाल भेटनरी एसोसियशनका नयाँ नेतृत्वको शुक्रवार र शनिवार काठमाडौंमा सम्पन्न एशोसिएसनको केन्द्रिय कार्यसमितिको अधिवेशनमा डाक्टर केदार सुवेदी महासचिव पदमा निर्वाचित हुनुभएको हो ।

डाक्टर सुवेदी नेपाल भेटनरी एसोसियशनको निर्वाचनमा महासचिव पदमा सर्वाधिक मत लिएर विजय हुनुभएको हो । सुवेदीले ४९० मत ल्याउदा उहाँका प्रतिष्पर्धी डाक्टर योगेन्द्रराज पन्तले १४८ मत पाउनु भएको थियो ।

डाक्टर सुवेदी पर्वत जिल्लाका लोकप्रिय युवा नेता हुन् । नेपाल विद्यार्थी संघका नेता समेत रहेका सुवेदी पर्वत जिल्लाका विभिन्न आन्दोलनमा अग्रमोर्चामा खटिने नेता मध्ये पर्नुहुन्छ ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...