#
गृह पृष्ठ प्रवास एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

लन्डन –अल्डरसटस्थित एम्पायर हल व्यवस्थापन टिमले अल्डरसटको केन्द्र युनियन स्ट्रिटमा नयां रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ ।गत शुक्रबारसांझ एक विशेष समारोहबीच सुसी मोटो रेष्टुरेन्ट उद्घाटन गरिएको हो ।

जापनिज, चाइनिज, कोरियन र थाई खाना उपलब्ध हुने उक्त रेष्टुरेन्टमा तल ८० सिटिङ रेष्टुरेन्ट र माथि १२० जना खान बस्न मिल्ने हल समेत रहेको सञ्चालक पुरण गिरीले नेपाली लिंकलाई बताए । अब युनियन लाउन्ज एण्ड बार पनि छिट्टै खुल्ने तयारीमा रहेको गिरीले जनाए ।

‘जापनिज खाना स्वास्थ्यकर र बेलायतमा पपुलर बन्दै गएकाले पनि मैले सुसी मोटो शुरु गरें’, सञ्चालक गिरीले भने, ‘हामीसंग अनुभवी सेफ छन् । पारिवारिक वातावरण छ । सबैजना आएर स्वादिष्ट खानाको स्वाद लिन सक्नुहुनेछ ।’

झण्डै २० वर्ष अगाडि सुसी रेष्टुरेन्टमा काम गरेका थिए गिरीले । यसकारण पनि सुसीतिर आफ्नो बेग्लै लगाव रहेको व्यवसायी गिरीले बताए ।

बेलायत यतिखेर आर्थिक मन्दीतर्फ उन्मुख भएका बेला गिरीले किन जोखिम लिए ? प्रश्नमा उनको प्रष्टिकरण छ, ‘अप्ठरो बेला नै गर्ने हो विजनेश । सजिलो बेला त जसले पनि गरिहाल्छन् नि । अर्को कुरा क्वालिटी खाना दिए मानिसलाई जति नै आर्थिक मन्दी भएपनि खानु त परयो ।’

रेष्टुरेन्टले रसमोर बरोबाट फुड हाइजिन रेटिङमा ५ स्टार पाइसकेको जनाउंदै व्यवसायी गिरीले आफ्नो रेष्टुरेन्ट ग्राहकको रोजाइमा पर्ने विश्वास व्यक्त गरे । गिरीसंग सानो ठूलो जस्तोसुकै कार्यक्रम गर्न उपयुक्त मानिने एम्पायर हल व्यवस्थापन र यसअघि रेष्टुरेन्टमा समेत राम्रो अनुभव भएकाले नयां रेष्टुरेन्टले पनि सफलता चुम्ने विश्वास गरिएको छ ।नेपाली लिंकबाट साभार

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...