काठमाडौं । कलाकार कमल गाउँलेले यस वर्ष पनि गाईजात्राको भिडियो सार्वजनिक गरेका छन् । कमलले यस वर्ष ‘के–के हुने हो ?’ सार्वजनिक गरेका हुन् ।
यो उनको लगातार बीसौं गाईजात्रा प्रस्तुती हो । गत वर्ष उनले ‘गाउँ–गाउँमा सिंहदरबार’मार्फत राजनीतिक तथा सामाजिक विकृतिमा व्यंग्य प्रहार गरेका थिए । यस वर्ष पनि उनले राजनीतिलाई केन्द्रमा राखेर व्यंग्य प्रहार गरेका छन् ।











































