जापान-बाा ना पा १३ पैयुपाटा पाठकथर निवासी नारायण पन्तका छोरा ईश्वर पन्त (सुनील) अध्ययनको शिलशिलामा बिधार्थी भिषामा जापानको नागोयामा रहदै आएका सुनिल २०२२/१२/३० तारिक राती १२ बजे को समयमा कामबाट फर्कने क्रममा साईकल दुर्घटनामा परि घुडामा गम्भीर चोट लागि २०२३ जनवरी ११ तारिक घुडामा स्टिल राखि अपरेशन गरिईएको र निजलाई अपरेशन गर्दा बढि खर्च लाग्ने भएको र २/३ महिना बेड रेस्ट गर्नु पर्ने साथै पूर्ण रूपमा निको हुन करीब ६ महिना लाग्ने कुरा बलेवा सेवा समाजका संरक्षक महेन्द्र पिसीलाई जानकारी आए पश्चात हामी जापानबाशी बलेवाली र सबै जापानमा रहनु हुने सहयोगी मन हरुलाई सहयोगको अपिल गर्दै बलेवा सेवा समाज- जापानबाट अभियान संचालन गरिएको समाजका अध्यक्ष टिकाराम रिजाल बिमलले बताउनु भयो सम्पूर्ण सहयोगी मनहरुबाट संकलित २०२२०० (दुइ लाख दुई हजार दुई सय )जापानिज यन संकलन भएको र यस अभियानमा अहोरात्र खटि रकम जम्मा गर्न सहयोग पुराउनु भएका बलेवा सेवा सेवा जापानका संरक्षक महेन्द्र पिसी ज्यु लाई अध्यक्ष रिजालले हार्दिक धन्यबाद दिनु भएको छ ।
कार्यसमिति परिवार र जापानमा रहनु भएका यस अभियानलाई सहयोग गर्नु हुने जापानबासी सहयोगी मनहरुले सहयोग गरेको रकम पिडित बिरामी सुनिल पन्तको जापान पोस्ट बैकको खातामा जम्मा गरेको जानकारी समाजका कोषाध्यक्ष महेन्द्र ढकालले जानकारी गराउनु भयो ,निज बिरामीलाई सहयोग गर्ने सामाजिक परोपकारि संस्था बलेवा सेवा समाज जापान जापानबाशि सम्पूर्ण सहयोगी मनका धनिहरू लाई हार्दिक धन्यबाद दिदै समाजका महासचिब अर्जुन लामिछानेले पिडित बिरामी सुनील पन्तको बाँकी समय शुभ रहोस शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।समाजले हरेक समस्यामा सधै हात फैलाउदै आएको र आउदा दिनमा पनि संस्थाले सहयोग गर्ने संरक्षक पिसीले बताउनु भयो ।











































