#
गृह पृष्ठ विचित्र संसार मंगल ग्रहमा हेलिकप्टर पठाउँदै नासा

मंगल ग्रहमा हेलिकप्टर पठाउँदै नासा

पृथ्वी बाहेक जीवनको सम्भावना रहेको ठानिएको सौर्यमण्डलको अर्को ग्रह मंगलका बारेमा वैज्ञानिकहरुले लामो समयदेखि खोज अनुसन्धान गरिरहेका छन् ।
यसैबीचमा अमेरिकी अन्तरीक्ष संस्था नासाले इतिहासमै पहिलोपटक मंगल ग्रहमा हेलिकप्टर पठाउँदैछ ।

मंगल ग्रहको अनुसन्धानका लागि आफ्नो नयाँ मंगल मिसन लञ्च गर्न थालेको नासाले मार्स रोबरका साथ एक ड्रोन हेलिकप्टर समेत मंगल ग्रहमा पठाउनेछ । त्यसैले नासाको उक्त मंगल मिसनको Mars 2020 Perseverance rover and the Ingenuity helicopter drone रहेको छ ।

उक्त रोबरले मंगलको ग्रहको सतहमा गुडेर विभिन्न नमूना संकलन तथा अन्य तथ्यहरु एकत्रित गर्नेछ भने हेलिकप्टरले मंगल ग्रहको आकासमा उडेर डाटा संकलन गर्नेछ । मार्स रोबरको तौल १ हजार किलो तथा ड्रोन हेलिकप्टरको तौल जम्मा २ किलो रहेको बताइएको छ ।

रोवरमा मंगल ग्रहको वातावरण विश्लेषण गर्ने Enviranmental Dynamics Alalyser पनि राखिएको छ । उक्त प्रविधिले त्यहाँको तापक्रम, धूलो, विकीरण, वायुको चापलगायतको मापन गर्नेछ । ती सबै तथ्यहरुको विश्लेषणबाट मंगल ग्रह मानव बसोबासका लागि उपयुक्त भए नभएको पत्ता लगाउन सकिनेछ ।

नासाका अनुसार हालको योजना मुताविक काम भएमा सन् २०२१ को फेब्रुअरी १८ मा रोबर तथा हेलिकप्टर सहितको यान मंगल ग्रहमा अवतरण गर्नेछ।

नासाका अनुसार मंगल ग्रहमा गुड्ने उक्त यन्त्र अर्थात् मार्स रोबर परमाणु उर्जाबाट चल्नेछ । पहिलोपटक रोबरमा प्लुटोनियम इन्धनको प्रयोग गरिएको नासाको भनाइ छ ।

उक्त रोबरले १० वर्षसम्म मंगल ग्रहमा काम गर्नेछ । त्यसमा २३ वटा क्यामरा जडान गरिएको छ । त्यसका अलावा ७ फिटको एक रोबोटिक पाखुरा तथा एउटा डि्रल मेसिन पनि लगाइएको छ ।

मार्स रोबरसँगै पठाइने हेलिकप्टरको नाम इन्जेन्यसटी राखिएको छ । त्यसको अर्थ खोज तथा अन्वेषणमा पोख्त भएको भन्ने हुन्छ । अमेरिकामा एक प्रतियोगिताको आयोजना गरी उक्त हेलिकप्टरको नाम छनोट गरिएको छ ।

उक्त रोबर तथा हेलिकप्टरले मंगल ग्रहको खासगरी मौसमको अध्ययन गर्नेछन् । साथै त्यहाँ कार्वन डाइअक्साइडबाट अक्सिजन बनाउने काम पनि गर्नेछन् । त्यसबाट भविष्यमा मंगल ग्रहमा जाने अन्तरीक्षयात्रीहरुका लागि निकै सजिलो हुनेछ ।

छुटाउनुभयो कि?

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...