#
गृह पृष्ठ मनोरन्जन पौष २९ देखी माघ ५ गते सम्म कुश्मिशेरा बजारमा जैमिनी मेला हुने!

पौष २९ देखी माघ ५ गते सम्म कुश्मिशेरा बजारमा जैमिनी मेला हुने!

बागलुङ-बागलुङको कुश्मिसेरामा जैमिनी मेला हुने भएको छ । हरेक बर्ष माघेसक्रान्तिको अवसरमा लाग्ने मेलालाई यो बर्ष पनि निरन्तरता दिन लागिएको हो ।गत बर्ष दोस्रो जैमिनी महोत्सव गरिएकोमा यो बर्ष मेलालाई निरन्तरता दिन लागिएको मेला आयोजक सहारा क्लव कुश्मिसेराका अध्यक्ष सुरेश सुनारले जानकारी दिनुभयो । दुर्लेवेशी खेल मैदानमा हुने मेलामा करिव डेढ लाख दर्शक आउने अनुमान गरिएको उहाँको भनाई छ ।मेला व्यवस्थापनका लागि अध्यक्ष सुनारको संयोजकत्वमा ५१ सदस्यीय मेला व्यवस्थापन मूल आयोजक समिति गठन गरिएको छ । “स्थानीय कला संस्कृति तथा खेलकुदको सम्बर्द्धन, कृषि उद्योग व्यापार तथा पर्यटनको प्रवर्द्धन” भन्ने मूल नाराका साथ आयोजना हुने मेलामा जैमिनी नगरपालिका मुख्य सहयोगी रहने आयोजक सहारा क्लव कुश्मिसेराले जनाएको छ ।

९ वटा उप समिति बनाएर मेलाको तयारी थालिएको जैमिनी मेलाको अवसरमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशीको पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता, ४० हजार रुपैयाँ राशीको खुल्ला महिला भलिवल प्रतियोगिता, २५ हजार रुपैयाँ राशीको साविक धौलागिरी अञ्चल स्तरीय खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता, जैमिनी डान्स आइडल, मा.वि स्तरीय हाजिरी जवाफ प्रतियोगिता, खुल्ला रत्याैली प्रतियाेगिता, जैमिनी नगर स्तरीय खुल्ला पुरूष बि लेभल डबल ब्याडमिन्टन प्रतियाेगिता लगाएतका कार्यक्रम सञ्चालन हुनेछ । आयोजकले मेलामा आयोजित प्रतियोगितात्मक कार्यक्रम र पुरस्कारमा मात्रै ५ लाख ३७ हजार ३ सय ३१ रुपैयाँ खर्च हुने जानकारी दिएको छ ।

पुस २९ गते देखि माघ ५ गतेसम्म सञ्चालन हुने मेलामा ५० वटा स्टल रहने छ । मेलामा करिव ३५ लाख रुपैयाँ आम्दानी खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । मेलामा स्थानीय कृषि तथा पशु प्रदर्शनी, शैक्षिक सामग्री प्रदर्शनी, हस्तकला प्रदर्शनी तथा रमाइलो मेलाको व्यवस्था गरिने छ ।माघ १ गते मूल समारोहको आयोजना हुने मेलामा ख्याति प्राप्त कलाकारहरुद्वारा नियमित सांगितिक प्रस्तुति रहनेछ । जैमिनी मेलाको मिडिया पार्टनरको रुपमा कुश्मिसेरामा रहेको शुभेक्षा एफ.एम ९६.६ मेगाहर्ज रहेको छ ।

छुटाउनुभयो कि?

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...