#
गृह पृष्ठ मनोरन्जन दोहोरीगित प्रतिष्ठान पर्वतद्धारा,पर्वत कारागारका कैदीबन्दीलाई बाद्यवादनका समाग्री प्रदान

दोहोरीगित प्रतिष्ठान पर्वतद्धारा,पर्वत कारागारका कैदीबन्दीलाई बाद्यवादनका समाग्री प्रदान

पर्वत-लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वत शाखाले पर्वत कारागारका कैदीबन्दीका लागि बाद्ययबादनका सामाग्री प्रदान गरको छ । शाखाले आफ्नो छैठौं अधिवेशनको अवसरमा साताव्यापी कार्यक्रमको आयोजना गरे अनुसार सेमबार दोस्रो दिन कैदीबन्दीका लागि बाद्ययबादनका सामाग्री प्रदान गरेको हो । कैदीबन्दीको मनोरञ्जनका लागि दुइ वटा मादल प्रदान गरिएको शाखाका अध्यक्ष दिपक गदालले जानकारी दिनुभयो । गदालले कलाकार राष्ट्रका गहना भएकोले सामाजिक काममा पनि अग्रसर हुनुपर्ने बताउँनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका निमित्त प्रमुख ईस्पेक्टर प्रकाश रावतले कैदीबन्दीहरुको शारिरिक तथा मानसिक तन्दुरुष्ट राख्न प्रतिष्ठानले प्रदान गरेका बाद्ययबादनका सामाग्रीहरुले टेवा पु¥याउँने बताउँनुभयो । उहाँले हरेक मानिसका लागि मनोरञ्न आवश्यक रहेको बताउँदै कैदीबन्दीहरुको बारेमा पनि सोचदिएकोमा शाखालाई धन्यवाद दिनुभयो । कार्यक्रममा लोकदोहोरी गायक तथा पत्रकार कृष्ण अखेली, जिल्ला कारागार प्रमुख शिला श्रेष्ठ लगायले मनतव्य राख्नुभएको थियो । प्रतिष्ठानका सल्लाहकार एवम गायक कृष्ण अखेलीको सौजन्यमा सामाग्री प्रदान गरिएको शाखाले जानकारी दिएको छ । शाखाका अध्यक्ष दिपक गदालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लोक गायक सुदिप क्षेत्रीले गर्नुभएको थियो ।

शाखाले मंसिर २४ गते अधिवेशनको मुल समारोह रहनेगरी त्यस अघि विभिन्न समाजिक तथा मनोरञ्नात्मक कार्यक्रम गरिहेको छ । हिजो पहिलो दिन गुप्तेश्वर बेदविदाङ पाठशालामा बटुकहरुलाई खाद्यान्न वितरण गरिएको थियो । यस्तै, भोली २० गते जनप्रीय आधारभुत बिद्यालय कुस्मा ९ मा लोकगित प्रतियोगिता, २१ गते हरि प्राथमिक विद्यालय दोबिल्लामा स्टेसनरी सामाग्री बितरण, २२ गते मोदीबेणि बृदाआश्राममा फलफुल बितरण, २३ गते समाज कल्याण आधारभूत बिद्यालय जलजला र समिक्षा गर्ने २४ गते ११ बजे अधिवेशन उद्घाटन हने अध्यक्ष गदालले जानकारी दिनुभयो ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...