#
गृह पृष्ठ विचित्र संसार ८ महिनापछि हिरासतबाट रिहा भयो भाले कुखुरा

८ महिनापछि हिरासतबाट रिहा भयो भाले कुखुरा

पाकिस्तानको सिन्ध प्रान्तस्थित घोटमी जिल्लास्थित एक स्थानीय अदालतले ८ महिनादेखि पुलिसको हिरासतमा रहेको एउटा कुखुरालाई रिहा गरी उसको मालिकलाई सुम्पिनका लागि आदेश दियो ।

सिन्धका विभिन्न दुईवटा पुलिस चौकीमा पाँचवटा कुखुराहरु प्रहरी हिरासतमा रहेकोमा अदालतमा आदेशपछि एउटा कुखुरा रिहा भएको छ ।

भाले जुधाई खेलका क्रममा छापा मारेर पुलिसले ती कुखुरा पक्राउ गरेको थियो ।

स्थानीय जफर मिरानीले पुलिस हिरासतमा रहेको आफ्नो कुखुरा आफूले पाउनुपर्ने माग गरी स्थानीय अदालतमा मुद्दा दायर गरेका थिए । सोही मुद्दामा अदालतले कुखुरा रिहा गरी मिरानीलाई हस्तान्तरण गर्न आदेश दिएको थियो । अदालतको आदेश अनुसार प्रहरीले उक्त भालेलाई हिरासतमुक्त गरी मिरानीलाई सुम्पिएको हो ।

कुखुरा जुधाई खेल खेलाइरहेको बेला प्रहरीले कुखुरा मालिकलगायत झण्डै एक दर्जन मानिसहरु सहित उल्लेखित पाँचवटा कुखुरालाई पक्राउ गरेको थियो । कुखुरा मालिकहरु धरौटीमा रिहा भएपनि मुद्दाको फैसला नहुन्जेलका लागि कुखुराहरुलाई चौकीमै हिरासतमा राखिएको थियो । प्रहरी चौकीमा ती कुखुराहरुलाई खुल्ला ठाउँमा खुट्टामा डोरी बाँधेर राखिएको थियो ।

स्मरण रहोस् पाकिस्तानका ग्रामीण क्षेत्रहरुमा कुखुराको भाले जुधाई खेल निकै लोकप्रिय छ । त्यसमा मोटो रकम बाजी समेत राखिन्छ र कुखुराको खतरनाक लडाइँका क्रममा कहिलेकाहीँ कुखुराको मृत्यु पनि हुन्छ । पाकिस्तानमा कुखुरा जुधाई खेल कानुनतः गैरकानूनी छ । कुखुरा जुधाउनेलाई एक वर्षसम्मको जेल तथा झण्डै ८ सय रुपैयाँ बराबरको रकम जरिवाना गर्ने कानून छ ।

एजेन्सी

छुटाउनुभयो कि?

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...