#
गृह पृष्ठ खेलकुद फिफा विश्वकप : आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीटजरल्याण्ड भिड्दै

फिफा विश्वकप : आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीटजरल्याण्ड भिड्दै

काठमाडौं –कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज क्वाटरफाइनल चरण अघिका अन्तिम दुई खेल हुँदैछन् ।

आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीटजरल्याण्डबीच खेल हुनेछ । यी दुई खेलपछि अन्तिम १६ को खेलहरु सकिनेछन् र क्वाटरफाइनल चरण पूरा हुनेछ ।

समूह एफको विजेता मोरक्को र समूह ईको उपविजेता स्पेन बीचको खेल राति पौने ९ बजे एजुकेसन सिटी स्टेडियममा सुरु हुनेछ ।

३६ वर्षपछि नकआउट चरण पुग्ने क्रममा अपराजित रहेको मोरक्कोले समूह विजेता बन्ने क्रममा बेल्जियम र क्यानडालाई हराएको थियो भने क्रोएसियासँग बराबरी खेलेको थियो । स्पेनलाई स्तब्ध पार्दै क्वाटरफाइनलमा पुग्ने मोरक्कोको लक्ष्य छ ।

उता स्पेनले कोस्टारिकालाई पराजित गर्दा जर्मनीसँग बराबरी खेलेको थियो भने जापानसँग पराजित भएको थियो ।

यस्तै समूह एचको विजेता पोर्चुगल र समूह जीको उपविजेता स्वीटजरल्याण्डबीचको खेल लुसेस स्टेडियममा मध्यराति पौने १ बजे सुरु हुनेछ । अन्तिम १६ मा युरोपका दुई टिम भिड्न लागेको यो दोस्रो खेल हो । यसअघि युरोपका दुई टोली फ्रान्स र पोल्याण्डले प्रतिस्पर्धा गरेका थिए, जसमा विजयी हुँदै फ्रान्स क्वाटरफाइनलमा पुगिसकेको छ ।

आज हुने दुवै खेलको विजेता क्वाटरपाइनलमा आमने–सामने हुनेछन् ।

अहिलेसम्म नेदरल्याण्ड्स, अर्जेन्टिना, फ्रान्स, इंग्ल्याण्ड, क्रोयसिया र ब्राजिलले अन्तिम आठ अर्थात क्वाटरफाइनलमा स्थान बनाइसकेका छन् ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...