#
गृह पृष्ठ खेलकुद फ्रान्स र जर्मनी सधैं ब्राजिल र अर्जेन्टिनाका तगारा

फ्रान्स र जर्मनी सधैं ब्राजिल र अर्जेन्टिनाका तगारा

विश्वकप फुटबलमा लामो समयदेखि कायम रहेको दक्षिण अमेरिकी वर्चस्व पछिल्ला दुई दशकमा युरोपले खोसिरहेको छ । सन् २००२ यता दक्षिण अमेरिकी राष्ट्रले विश्वकप जित्न सकेका छैनन् ।

यो अवधिमा आयोजना भएका विश्वकपका चार संस्करणमा एकपटकमात्र दक्षिण अमेरिकी टोली फाइनल पुग्यो । यतिमात्र होइन, यही अवधिमा युरोप बाहिर आयोजना भएको विश्वकप पहिलोपटक युरोपेली टोलीले जित्यो ।

युरोपको बढ्दो दबदबाबीच बलिया दक्षिण अमेरिकी टोलीको विश्वकप यात्रा कसरी टुंगिने गरेको छ भन्ने बुझ्न ब्राजिल र अर्जेन्टिना कसरी बाहिरिरहेका छन् भन्ने जान्नु आवश्यक हुन्छ ।

ब्राजिल सर्वाधिक ५ पटकको विजेता हो । अर्जेन्टिनाले दुईपटक विश्वकप जितेको छ । सन् २०१४ को विश्वकपमा फाइनलसम्म पुग्ने टोली पनि अर्जेन्टिना थियो । पछिल्लो करिब दुई दशकमा ब्राजिल र अर्जेन्टिनालाई युरोपका जर्मनी र फ्रान्सले पाखा लगाइरहेका छन् ।

फ्रान्स साविक विजेता हो । सन् १९९८ मा ब्राजिललाई नै फाइनलमा हराएर फ्रान्स पहिलोपटक विश्व विजेता बनेको थियो । जर्मनी चारपटकको विजेता हो ।

विश्वकप २००६

सन् २००२ मा जर्मनीलाई हराएर ब्राजिल अन्तिमपटक विश्व च्याम्पियन बनेको थियो । त्यसयता ब्राजिलले यो प्रतियोगितामा फाइनलसम्मको यात्रा तय गर्न सकेको छैन । जर्मनीमा सन् २००६ मा आयोजना भएको विश्वकपमा अर्जेन्टिना र ब्राजिल क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेनन् । जर्मनीले अर्जेन्टिनालाई टाइब्रेकरमा पराजित गरेको थियो भने फ्रान्सले ब्राजिलमाथि १–० गोलको जीत हात पारेको थियो । फ्रान्स फाइनलसम्म नै पुगेको थियो । तर, उपाधि भने जित्न सकेन ।

विश्वकप २०१०

दक्षिण अफ्रिकामा आयोजना भएको यो विश्वकपमा ब्राजिल र अर्जेन्टिना फेरि क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेनन् । जर्मनीले अर्जेन्टिनालाई ४-० गोलले हरायो । उच्च लयमा रहेका मेस्सी र प्रशिक्षक डिएगो म्याराडोना रहेको अर्जेन्टिनाका लागि त्यो लज्जास्पद पराजय थियो । ब्राजिल नेदरल्यान्ड्ससँग १-० गोलले पराजित भएको थियो । नेदरल्यान्ड्स फाइनल नै पुग्यो । तर, उपाधि जित्न सकेन ।

उक्त विश्वकप स्पेनले जितेर युरोप बाहिर आयोजना भएको विश्वकप जित्ने पहिलो युरोपेली टोली हुने कीर्तिमान बनाएको थियो ।

विश्वकप २०१४

ब्राजिलमा आयोजना भएको यो विश्वकपमा जर्मनी र अर्जेन्टिना फाइनल पुगेका थिए । जर्मनीले सेमिफाइनलमा ब्राजिलमाथि ७–१ गोलको जीत हात पारेको थियो । ब्राजिलको पराजयमा धेरैवटा खराब कीर्तिमान बनेका थिए । जर्मनीले क्वार्टरफाइनलमा फ्रान्सलाई हराएको थियो ।

अर्जेन्टिना भने नेदरल्यान्ड्समाथि टाइब्रेकरमा जीत हात पार्दै २४ वर्षपछि विश्वकपको फाइनल पुगेको थियो । अर्जेन्टिनाले उपाधि भने जित्न सकेन । अतिरिक्त समयमा निर्णायक गोल गर्दै जर्मनी दक्षिण अमेरिकामा विश्वकप जित्ने पहिलो युरोपेली टोली बनेको थियो ।

विश्वकप २०१८

चार वर्षअघि रुसमा आयोजित विश्वकपमा पनि दक्षिण अमेरिकी टोली फाइनल पुग्न सकेनन् । अर्जेन्टिना प्रि-क्वार्टरफाइनल र ब्राजिल क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेन । अर्जेन्टिनालाई फ्रान्सले ४-३ गोलले हराएको थियो । फ्रान्स पछि विश्व विजेता नै बन्यो । क्वार्टरफाइनलमा ब्राजिललाई १-० गोलले हराएको बेल्जियम भने सेमिफाइनलभन्दा अगाडि बढ्न सकेन ।

सन् २००२ अघि

सन् २००२ को विश्वकपअघि पनि अर्जेन्टिना, जर्मनी, फ्रान्स र ब्राजिल कडा प्रतिद्वन्द्वी थिए । तर, त्यतिवेलासम्म प्रायः दक्षिण अमेरिकी टोलीहरु नै हावी थिए । ब्राजिलले सन् १९७० को विश्वकप तत्कालीन पश्चिम जर्मनीलाई हराएर जितेको थियो । अर्जेन्टिनाले सन् १९८६ को विश्वकपको फाइनलमा पनि पश्चिम जर्मनीलाई पराजित गरेको थियो ।

सन् १९९० को विश्वकप फाइनलमा भने पश्चिम जर्मनीले अर्जेन्टिनालाई हराएको थियो । सन् १९५८ को विश्वकप सेमिफाइनलमा ब्राजिलले फ्रान्सलाई हराएको थियो । सन् १९८६ को विश्वकपमा ब्राजिललाई टाइब्रेकरमा हराएर फ्रान्स सेमिफाइनल पुगेको थियो ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...